Categories: राशिफल

शिवरात्री सँगै तपाइको राशिफल

आज मिति २०७७ साल फाल्गुन २७ गते बिहीबार, प्रमादीनाम संवत्सर, सुर्यउत्तरायण, शिशिर ऋतु फाल्गुन कृष्णपक्ष त्रयोदशी शिवरात्री तिथि, २१घडि २० पला, धनिष्ठा नक्षत्र मकर रासी, आनन्दादिमा श्रीवत्स योग महाशिव रात्रि व्रत, हलेसी महादेव, पशुपतिनाथ लगायत शिव मन्दिर भयका ठाँउमा मेला, धनिष्टा पञ्चक प्रारम्भ, आउनुहोस भोलेनाथ श्री महादेवको आरधना गर्दे आजको दिनको शुभारम्भ गरौ ।।

मेष<> (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
यहि शिवरात्रीको अवसरमा केही नयाँ कार्य वा सुसमचार प्राप्त हुनेछ, प्रेममा दाम्पत्य सुखले मन प्रफुलित हुनेछ । सानो लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुदा आर्थिक अवस्था सुदृड हुनेछ । पुराना कामहरु पुरा हुने तथा नया कामले गर्दा दैनिक व्यास्त जस्तै रहनेछ ।

बृष<> (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आज गरिने सामाजिक कार्यवाट प्रशंसा र सम्मान पाईएला । बौद्धिक तथा वैचारिक तहमा समयानुकुता प्राप्त होला पारिवारिम सम्बन्ध सुदृड हुँनुको साथै प्रेममा विस्वास वढेर जाला आज पारिवारिक जमघट मा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मिथुन<> (का,की,कू,घ,ङ,छ,के,को,हा)
आवेसको निणर्यले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । प्रशासनिक तहवाट काम विलम्व हुदा महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।

कर्कट<> (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पुराना समस्या बल्झने तथा नयाँ समस्याहरु आउँने हुँदा काम गर्न असजिलो हुनेछ । दैनिक खर्च बढ्नेछ भने घर परिवारका आवस्यक्ता परिपुर्ति गर्न सकिने अवस्था रहने छैन । व्यापार व्यावसायमा बढिनै समय खर्चिय मात्र नाफा कमाउँन सकिनेछ । बिहानको समय राम्रो रहेकोले धर्म कर्ममा मन जानेछ भने व्यापारमा वृद्धि हुनेछ ।

सिंह <>(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्रेममा एक अर्कालाई सहयोग गर्दै रमाउँन सकिनेछ भने घर परिवार सबैसँग सम्बन्धमा सुधार भएर जानेछ । नोकरिमा पदोन्नतीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा उत्कृष्ट अंकले सहभागिहरुलाई हराउन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने मिल्ने साथीका साथ स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कन्या<> (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आजको समय तपाईकै पक्षमा हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने तपाईप्रति सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । शिक्षा तथा नोकरिमा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई धेरै पछाडि छोड्न सकिनेछ । नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ ।

तुला<> (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । आत्मिय मित्र तथा परिवारका साथ रहेर स्वादिष्ट भोजनको टेष्ट लिने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

बृश्चिक<> (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आज दिनभरि तपाईका लागि समय अनुकुल हुँनाले मन प्रशन्न रहनेछ, दाजुभाई,छिमेकि तथा सहयोगिहरु सँग मिलेर गरिने कुनै पनि उत्पादन मुलक क्षेत्रमा गरिएको व्यावसाय फस्टाएर जानेछ मध्यान्ह बाट समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला ।

धनु<> (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
वक्तृत्वकला तथा लेखन कला वाट अरुलाई प्रभाल पार्न सकिने छ। प्रेम सम्बन्ध राम्रो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन्

मकर<> (भो,जा,जी,ख,खी,खू,खे,खो,गा,गी)
बिहानको समय राम्रो रहेकोले धर्मकर्ममा मन जानेछ प्रेममा नजिक हुन सकिने तथा मिल्ने मित्रको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौषमको ध्यान दिनुहोला । आफन्तसँग मनमुटाब बढ्ने योग रहेकोछ

कुम्भ<> (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आज बिभिन्न अवसर प्राप्त हुने हुनाले जोस जागर बढेर आउनेछ । आजको दिनमा अरुभन्दा फरक काम गर्ने सोच आउनेछ प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ । समाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना बिचारहरु अरु सामु लैजान सकिनेछ । बिहानको समयमा यात्रासँग सम्बन्धित कामहरु हुनेछन्

मीन<< (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आज इच्छित चाहानाहरु पुरा गर्न सकिने हुँदा घर परिवारका सदस्यहरु खुसि रहनेछन् बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ दिउँसो बाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला तरपनि बिदेशी समानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
शिवरात्रीवर्तमहात्म्य् !
“परात्परतरं नास्ति शिवरात्रि: परात्परम् ।
येनार्चयन्ति भक्तेशं रुद्र त्रिभुवनेश्वरम् “।।                  ज्यो. जयराम सापकोटा, पाल्पा ।

Comments
bhabindra gautam

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago