नेपाली फुटबलर दीपा र लक्ष्मीले पाए गिनिज वर्ल्ड रेकर्डको सर्टिफिकेट

२०७८, १० कार्तिक बुधबार ११:०१

काठमाण्डौं । नेपालली महिला फुटबलर दीपा अधिकारी र लक्ष्मी पौडेलले विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेल्दै बनाएको विश्व कीर्तिमानको सर्टिफिकेट पाएका छन् ।

फाइल फोटो

दुवै जनाले  गिनिज बुक अफ वर्ल्ड रेकर्डको आधिकारिक प्रमाणपत्र प्राप्त गरेकी हुन् ।दीपा र लक्ष्मी रले सन् २०१८ मा सबैभन्दा होचो स्थानमा इक्वेल प्लेइङ्ग फिल्ड नामक संस्थाले आयोजना गरेको महिलाहरूको फुटबल प्रतियोगितामा खेल्दै गिनिज वर्ल्ड रेकर्ड कायम गरेका थिए ।प्रतियोगिता जोर्डनमा समुन्द्री सतहभन्दा ३२० मिटर तलको स्थानमा आयोजना भएको थियो ।जहाँ नेपालसहित अफगानिस्तान, फ्रान्स, स्पेनलगायत २० राष्ट्रका महिला खेलाडीहरू सम्मिलित थिए ।

इक्वेल प्लेइङ्ग फिल्डले महिला सशक्तीकरणका लागि विश्वकै अग्लो स्थान र होचो दुवै स्थानमा फुटबल आयोजना गरिएको थियो ।अग्लो स्थानको खेल अफ्रिकन राष्ट्र तान्जानियाको माउण्ड किलिमन्जारोमा खेलिएको थियो ।तर  दीपाले स्वास्थ्य समस्याका कारण किलिमान्जोरोमा खेल्न सकिनन् ।दीपाले सर्टिफिकेट प्राप्त गरेपछि सबैलाई धन्यवाद दिएकी छिन् ।

फाइल फोटो

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु