बाल्यकालमा नै आमा गुमाएकी सुस्मिताको परदेश बाट आमालाई मातातिर्थ औंसीको शुभकामना ।

कती प्यारो छ यो आमा शब्द । आज सम्म संसारका सारा आमाहरुले आफ्ना सन्तान बाट खुशी पाउने दिन कुशे औशी । हिन्धु धर्म अनुसार आमाको मुख हेर्ने दिन मातातिर्थ औंसी ।

म त नियतिले ठगिएकी सन्तान हुँ जस्ले फुल्दै गरेका तिम्रा सपनाहरु नियाल्न नपाउदै छेद बिछेद भएको मस्तिकमा सम्झनाको झलक तिम्रो तस्बिर टासेर रसाएका परेली सँग फिस्स हाँस्दै सम्झौताका कदम एकै साथ चालिरहेकी छु आमा ।

लाग्छ मनै त्यो अभागि सन्तान हुँ जस्ले आमाको न्यानो माया र काखको स्पर्स बाल्यकालमा नै गुमाएकी छु । असार महिनाको मुसलधारे पानीका भेल ले ति चराका गुड बगाए झै मेरी आमा सँगै मेरा खुशी तिर्तर बिर्तर बनाई बगाई लग्यो ।

आमा आज हजुरका केही सपनाहरु त पुरा गरेनी भनेर सुनाउनका लागि पनि अदृश्य भएकी तिमीलाई खोज्दै भौतारिदै हिडिरहेको छु म । सुनन आमा तिम्रो यादमा भिजाएका सिरानीहरुले पनि जिस्काईरहदा हासेर भन्न मन छ मेरी आमा छिन् म सँग जिस्काएर त हेर एक चोटि त फर्केर आईदेउ आमा ।

यो जूनिमा त ईश्वरको प्यारी हुनु भयो आमा अर्को जूनिमा यसरी जिउदो लास बनाएर नजानु है आमा तिमीबिना स्वार्थी दुनियाँ सँग लड्दा लड्दै थाकिसके आमा अर्को जूनिमा केवल तिम्रो माया मात्र पाउ ।

तिमी जहा भएपनि यो छोरिको तर्फबाट मातातिर्थ अैशिको धेरै धेरै सुभकामना मेरी आमा परदेशी भुमिमा तिम्रो बियोगले छट्पटाई रहेकी उहि तिम्री छोरी सुिस्मता कार्की

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago