Categories: समाज

वीरगञ्जबाट हराएका दुईजना बालक पटनामा भेटिए

वीरगञ्ज शनिबारदेखि हराएका वीरगञ्जका दुई बालक भारतको बिहार राज्यको राजधानी सहर पटनामा फेला परेका छन् वीरगञ्जका व्यवसायी जगरनाथ कलवारका छोरा शिवेश गुप्ता (तेजस) वीरगञ्ज विर्ता बस्ने दिपेश शर्माको छोरा प्रनेश शर्मापटनामा फेला परेका हुन्

वीरगञ्जकै गौतम स्कुलमा कक्षा मा अध्यनरत दुवैजना बालक शनिबारदेखि बेपत्ता थिए भारतीय प्रहरीसँगको समन्वयमाउनीहरुलाई पटनामा फेला पारेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेश राज पुरीले जानकारी दिए

पटना पुगेका रहेछन्, भारतीय प्रहरीले फेला पारेर जसनपुर थानामा राखेको ,’ प्रहरी निरीक्षक पुरीले भने, ‘गलत हातमा परेको भएसमस्या हुन्थ्यो समयमै समन्वय गरेर फेला पार्न सफल भएका छौं अभिभावकको साथमा समन्वय गर्न प्रहरी पनि गएको

बालकहरु भारततिर गएको हुन सक्ने आशंका सिसिटीभी क्यामेराको फुटेजबाट मिलेको थियो उनीहरुलाई साईकल सहित बिहान१०ः५३ बजे सिगरेट फैक्ट्री रोडमा सुर्या हस्पिटल अगाडीबाट मालपोत चौक तर्फ गइरहेको सीसीटीभी क्यामेराको फुटेजबाट पत्तालागेको थियो त्यसैका आधारमा प्रहरीले भारततर्फ खोजी कार्य अघि बढाएको थियो

होम ट्युसन पढेर निस्केको छोरा घर नफर्केपछि तेजसको खोजी गरिएको साथी प्रनेश पनि घरमा नभएको जानकारी मिलेको व्यवसायीजगरनाथ प्रसाद कलवारले बताए आफन्त साथीभाइकोमा नभेटिएपछि खोजीका लागि प्रहरीको सहयोग लिइएको थियो

Comments
sp sp

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago