नेप्से परिसूचक नेप्से परिसूचक ३१६१.४४ विन्दुमा , फाइनान्स र विकास बैंकमा किन बढ्यो आकर्षण ?

२०७८, २६ श्रावण मंगलवार २१:२७

नेपाली सेयर बजार नयाँ कीर्तिमानीतर्फ लम्किरहेको छ । सेयर बजारमा आज फेरि अल टाइम हाइ रेकर्ड बनेको छ । नेप्से परिसूचकले यसअघिकोनयाँ रेकर्ड ताेड्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हाे ।

मंगलबार नेप्से परिसूचक ३१६१.४४ विन्दुमा पुगेकाे छ । यसअघि साउन २० गते, बुधबार ३१२३.२४ नेप्से परिसूचक विन्दुमा पुगी नयाँ रेकर्ड कायम गरेकाे थियाे । नेप्सेले आज साेही विन्दु ताेडेर नयाँ रेकर्ड बनाएकाे हाे ।

सेयर बजारले फेरि नयाँ रेकर्ड बनाउन थालेपछि लगानीकर्ताहरू उत्साहित छन् । लगानीकर्ताहरूकाे मनाेबल पनि बढ्दै गइरहेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५१.८६ अंकले बढेर ३१६१.४४ विन्दुमा पुगेकाे छ । नेप्से १.६७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १२ अंकले बढेर ५८७.९५ विन्दुमा पुगेको छ ।

नेप्से परिसूचकसँगसँगै काराेबार रकममा पनि उछाल देखिएकाे छ । कूल २२५ वटा कम्पनीकाे ३ कराेड ३५ लाख ३५ हजार २ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २ सय ७९ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

काराेबार भएका १३ उपसमूहमा १० वटा उपसमूहकाे सेयर बढेकाे छ । बाँकी ३ वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै विकास बैंक र फाइनान्सकाे सूचक बढेकाे छ ।

मंगलबार १० वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । जसमध्ये अधिकांश फाइनान्स र विकास बैंक छन् । विकास बैंक र फाइनान्सलाई सहयाेग पुग्ने गरी माैद्रिक नीति आउन लागेकाले यसतर्फ लगानीकर्ताकाे आकर्षण बढेकाे जानकारहरू बताउँछन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु