‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जित्दै नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन्।

२०७८, २४ श्रावण आईतवार ०४:५६

२४ साउन, काठमाडौं ।  ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जितेका छन्। उनले नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन्। किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए ।

यसैगरी टीम दीपबाट दार्जलिङका आर्यन तामाङ  टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर,र टीम तृष्णाबाट ज्वाला फाइनलिस्ट भएका छन् । एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए । यी तीनैजना फाइनलिस्टले द भ्वाईसको ट्रफी पाएका छन् ।

किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीहरुलाई धन्यवाद दिए । किरणले भने–‘म यो मायाको लागि सधै नै ऋणी भएको छु । मैले, अब नेपाली संगीतबाट केही लिने भन्दा पनि केही दिने बेला आएको छ ।’
टिम प्रमोदको प्रतिस्पर्धीले लगातार दोश्रो पटक नेपालकै नम्बर १ रियालिटी शोको टाइटल जितेका छन् ।

यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बुले यो उपाधि जितेका थिए । यो रियालिटी शो हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुँदै आएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु