काठमाडौँ, २६ चैत । प्रतिनिधिसभामा ‘मधेशी र थारू आयोग आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन’ पेश गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदनसमक्ष सो प्रतिवेदन पेश गर्नुभएको हो । शोक प्रस्ताव प्रतिनिधिसभाले राष्ट्रियसभाका पूर्वउपाध्यक्ष ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति एक मिनेट मौनधारण गरी शोक प्रस्ताव पारित गरेको छ । विस २०४८ मा राष्ट्रियसभामा निर्वाचित भई उपाध्यक्षसमेतको जिम्मेवारी सम्हाल्नुभएका पूर्ववाणिज्य तथा आपूर्ति राज्यमन्त्री प्रधानाङ्गको ९६ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो । मुलुकको शैक्षिक एवं सामाजिक क्षेत्रमा समेत उहाँको क्रियाशीलता थियो । बैठकले उहाँको निधनप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जलि अर्पण गरेको ग¥यो । सदनले शोकसन्तप्त परिवारप्रति समवेदनासमेत प्रकट गरेको छ । प्रतिनिधिसभाको अर्काे बैठक यही चैत ३० गते सोमबार दिनको १ बजे बस्नेछ ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…