निषेधाज्ञा खुकुलो भएसंगै संक्रमण वढ्याे

२०७८, २५ असार शुक्रबार १६:५८

पाल्पा । पछिल्ला केही दिनमा कोरोना संक्रमणको दर वढेकाे छ । पाल्पामा जारि निषेधाज्ञा खुकुलो भएसंगै संक्रमण फेरि वढेकाे हाे । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार शुक्रबार ४२ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार ७० जना र बिहीबार ११५ जनामा पुष्टि भएको थियाे । शुक्रबारका दिन ६२ जना संक्रमण मुक्त भएका छन् ।

१७ वैशाख देखी जारि निषेधाज्ञा २३ असार देखी खुकुलाे वनाइएकाे छ । अहिले वजारमा पसलहरु खुलेका छन् । मानिसहरुकाे चहलपहत वढेकाे छ । गाँउवाट निजी सवारीका साधनले यात्रु वाेकेका छन् । वैकहरुमा भिडभाड वढेकाे छ । जसका कारण संक्रमणको जोखिम बढेको छ ।

पाल्पामा कोरोनाको कारण हालसम्म ११४ जना संक्रमितले ज्यान गुमाएको स्वास्थय कार्यालय पाल्पाले जनाएको छ । जिल्लामा ५ सय ५४ जना सक्रिय संक्रमित रहेका छन् ।

Comments

ताजा खबर