काठमाडौँ, २४ वैशाख । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिएर ठगी गर्ने तीन जनालाई आज पक्राउ गरेको छ ।
उनीहरुले उपत्यकाबाहिर जाने यात्रुबाट तोकेकोभन्दा तीन गुणा बढी भाडा लिएको पाइएको छ । कोटेश्वरबाट धनुषाका ४३ वर्षीय कृष्ण देवकोटा र झापा गौरदहका ४२ वर्षीय खड्गबहादुर भण्डारी तथा गौशालाबाट दोलखा सिंगटी घर भई भक्तपुर बस्ने ३४ वर्षीय राम सुरेललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । उनीहरु पूर्व झापा÷मोरङ जाने यात्रुसँग जनही रु तीन हजारदेखि चार हजार ५०० सम्म भाडा लिने इन्द्रेणी हायसको काउण्टर र प्रदेश ३–०१–००६ख १४३१ नम्बरको भाडा बसका कर्मचारी हुन् । उपत्यकामा जारी भएको निषेधाज्ञापश्चात् वैदेशिक रोजगारबाट आई घर फर्किने र अत्यावश्यक परी घर जान लागेका यात्रुलाई ठगी गर्ने गौशाला र कोटेश्वरको टिकट काउन्टरबाट पक्राउ गरिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।
महाशाखाले सादा पोशाकमा प्रहरी टोली खटाएर छड्के जाँच तथा अनुगमन गरी यसरी बढी भाडा लिई ठगी गर्ने व्यक्तिलाई कारवाही थालेको हो । “महामारीको अवस्थामा यात्रुहरु ठगिन सक्ने कुरालाई मध्यनजर गरी विशेष टोली परिचालन गरेका छौँ, टोलीले आफैँ यात्रु बनेर भाडा मोलमोलाई गर्ने त कहिले यात्रुसँग गोप्यरूपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिएको पाइए निगरानीमा राखी नियन्त्रणमा लिने गरेको छ”, भट्टराइले भन्नुभयो । यसअघि बिहीबार यसैगरी बढी भाडा लिएका छ जनालाई पक्राउ गरी आवश्यक कारबाही थालिएको छ । कोभिड–¬१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञामा मौकाको फाइदा लिई ठगी गर्ने क्रम बढेको छ । प्रहरीले कुनै गुनासो भएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोलको १०३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…