तिहारमा पाल्पाली झिनियाँ रोटी लोकप्रिय बन्दै, ब्यापारीलाई भ्याइनभ्याई

भबिन्द्र गौतम, पाल्पा २० कार्तिक ।
तिहारको आगमन संगै पाल्पामा झिनियाँ रोटीको व्यापार बढेको छ । गत बर्ष कोभिड सक्रमणको कारण ठप्प रहेको झिनिया रोटीको व्यापार यसबर्ष कोरोना सक्रमण दर कम भए संगै उपभोक्ताहरु बजारमा निस्किए पछी बजारमा झिनिया रोटीको व्यापार बढेको हो । तिहारमा रोटीको परिकार लाई शोभायमान बनाउन झिनिया रोटी मिसाउने प्रचलन बढेको छ ।  तिहारको आगमन संगै तानसेनका गल्ली गल्ली चोक चोकमा झिनिया रोटीले ढाकेको छ । तानसेन बजारमा झिनियाँ रोटी खरिद विक्रि गर्नेहरुको  भिडभाड बढेको छ ।

तानसेन बजारमा सवैजसो पसलमा विभिन्न  रङ्गी विरङ्गी भिनियाँ रोटी  राखिएका छन । रोटीको पर्वको रुपमा परिचित तिहारमा घरघरमा झिनियाँ रोटी नपाके रोटीका परिकार नै अपुरो हुन थालेको छ ।  तानसेन बजारको नेवारी समुदायमा  मात्र बढि  चलन चल्तीमा रहेको झिनियाँ रोटी आजकल अन्य समुदायमा पनि लोकप्रिय बन्दै गएको छ । देखिदा पनी राम्रो, रङ्गी विरङ्गी, पकाउन पनि सजिलो, सबैले रुचाउने भएकोले तिहारमा झिनियाँ रोटी पकाउदै आएको तानसेनकी लक्ष्मी गिरीले बताईन ।

केही घर बस्तीमा मात्र सिमित रहेको झिनियाँ रोटी पछिल्लो समय देश भरी लोकप्रिय बन्दै गएको छ । तिहारको समयमा हरेक नेपालीको घर घरमा सप्तरंगि झिनिया रोटी भएन भने रोटीको परिकार नै अपुरो हुने गरेको छ । झिनिया रोटीको लागी  चामल पिसेर मिसिनो पिठो बनाईन्छ, पिठो लाई राम्ररी पकाएर आकर्षणको लागी बिभिन्न थरीका खाने रंग हरु मिसाएर हाते मेसिन बाट यो रोटी बनाउने गरिन्छ । पकाउन सजिलो खान मिठो भएकोले पनि झिनिया रोटीको लोकप्रियता बढ्दै गएको छ ।

अन्य समयमा भन्दा  तिहारको समयमा झिनिया रोटीको व्यापार बढेको छ । तानसेन बजारमा ७० रुपैया दर्जन देखी ५ सय रुपैया दर्जन सम्मका झिनिया रोटी विक्रि हुदै आएका छन । गत बर्ष कोभिडको सक्रमण दर उच्च रहेकोले झिनिया रोटीको व्यापार नभएको यस बर्ष व्यापार राम्रै रहेको झिनिया रोटी व्यापारी कल्पना श्रेष्ठले बताईन ।

झिनियाँ  रोटीकै कारण  तानसेनका करीब १ सय घरपरिवारले घरमै बसी बसी रोजगारी पाएका छन ।  तानसेनको टक्सार, मखनटोल, भगवतिटोल, लगायतका नेवारी बस्तीमा आम्दानी श्रोत नै झिनियाँ रोटी बनेको छ । भिनियाँ रोटी बनाएर एक परिवारले बार्षिक २ लाख  देखी ५ लाख रुपैया सम्म आम्दानी गर्दै आएका छन । तानसेन बनाएको झिनिया रोटी बुटवल, नारापणगढ, पोखरा, काठमाडौ, सम्म विक्रि हुदै आएको छ ।
यस्ता मौलिकता र आय आर्जन दिनेखालका स्थानीय उत्पादन लाई प्रोत्साहन गर्दै सरकारले पनी संरक्षण र ब्यापारमा पर्वर्धन गर्ने नीति निर्माण गर्न आवस्यक छ ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago