मेलिना मैनाली भन्छिन कमल खत्री प्रेमी होइनन्,अभिभावक हुन्

गायिका मेलिना मैनालीले ‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजनमा सहभागीता जनाएपछि उनलाई म्यूजिक नगरी र आम दर्शकले फरक रुपमा हेरेका छन् । ‘द भ्वाइस अफ नेपाल’मा सहभागीता जनाउनु अगाडि पनि उनले केही गीतमा स्वर दिएकी थिइन् ।‘द भ्वाइस अफ नेपाल’को नकआउट चरणसम्म पुगेकी मेलिनाले यसपछि गायक कमल खत्रीसँग मिलेर ‘फिक्का’ बोलको गीतमा स्वर दिइन् । यो गीत चलेपछि मेलिनाको चर्चा खुबै भयो ।

मेलिनाले हालै मात्र गज्जब टीभीसँग ४ वटा गीतमा स्वर दिने गरि संझौता गरेकी छिन् । मेलिना गज्जब टीभीका प्रमुख सरोज वलीले आफूलाई सरप्राइज दिएको बताउँछिन् । उनले भनिन्–‘उहाँसँग काम गर्ने रहर त पहिलेदेखि नै थियो । तर, उहाँले ढिलै भएपनि मलाई मिठो सरप्राइज दिनुभयो ।


मेलिना भन्छिन्–‘जब मेरा गीतहरु बजारमा आएर पनि चल्दैनथ्य, सो समयमा म निराश थिएँ । घर फर्किउँ जस्तो पनि लाग्थ्यो । तर, सो समयमा मैले धैर्य गरे । म आफू पनि केही हुनुपर्छ भनेर मिहिनेत गरे । प्लेटफर्मको खोजी गर्दै ‘द भ्वाइस अफ नेपाल’मा पुगे । यसपछि भने दर्शक र श्रोताले पनि चिन्नुभयो ।’

‘द भ्वाइस अफ नेपाल’को नकआउट चरणबाट बाहिरिए पनि मेलिना दुःखी छैनन् । भन्छिन्–‘प्रमोद सरको टिममा धेरै राम्रो प्रतिभाहरु हुनुहुन्छ । यसैले पनि सबैले एकै पटक स्थान पाउन गाह्रो थियो । मुख्य कुरा त, जसले जहाँबाट भएपनि अगाडि बढ्नुपर्छ भन्ने हो । म भ्वाइसमा अगाडि बढ्न सकिनँ, तर बाहिर आएपछि मैले अन्य प्लेटफर्महरु पाउन थाले । मान्छेले दुबैतिर सफलता खोजेर हुँदैन । भ्वाइसबाट बाहिरिएपछि पनि मलाई दर्शक–श्रोताले नचिन्नु भएको भए दुःखी हुन्थे होला । तर, सबैले संझिनुभएको छ । दुःख लागेको छैन ।’

मेलिनाको दैनिकी हिजोआज फेरिएको छ । उनलाई दिनमा एउटा गीतमा स्वर दिनका लागि अफर आउन थालेको छ ।

यहाँ बलेको आगो तापिने रहेछ हो भन्ने प्रश्नमा मेलिनाले भनिन्–‘बलेको आगो ताप्ने चलन नै छ भनेर नभनौं । आफूमा केही नभएसम्म कसैले पनि काम दिदैन । हुनत, मेरो प्रतिभा हिजोको दिनमा पनि यही नै हो । तर, आज प्लेटफर्मका कारण ममा परिवर्तन आएको छ । सबैले संझिनुभएको छ ।’

करिअर सुखद तरिकाले अगाडि बढ्दै गर्दा मेलिनाको प्रेम चर्चा पनि सुरु भएको छ । गायक कमल खत्रीसँग नजिक रहेकी मेलिना हिजो आज प्रेमको चर्चाले रंगिएकी छिन् । तर, मेलिना कमल खत्री आफ्नो प्रेमी नभएको बताउँछिन् । उनले भनिन्–‘यो क्षेत्रमा अगाडि बढ्नका लागि कसैले मलाई साथ दिएको छ । कमलजी मेरो प्रेमी नभएर अभिभावक हुनुहुन्छ ।’

एउटा सफल गायकको साथमा अगाडि बढ्न पाउँदा आफू खुशी भएको मेलिना बताउँछिन् । रंगिन दुनियाँमा कसको जिन्दगी कतिबेला बदलिन्छ थाहा हुँदैन । केही महिना अगाडिसम्म निराश भएर घर फर्किने सोचमा रहेकी मेलिना हिजोआज व्यस्त गायिका बनेकी छिन् ।

 

 

Comments
Sanjay poudyal

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago