बैकहरु खुले संगै बढ्यो भिडभाड

२०७८, ३१ जेष्ठ सोमबार १५:२८

सबैजसो बैंकहरुमा मानिसहरु लाइन लागेर पैसा झिक्न बैंकसम्म पुगेका छन, केही बैंकहरुमा दुरी कायम गरेपनी धेरै बैंकमा स्वास्थ्यका सुरक्षात्मक विधि फितलो देखियो ।

पाल्पा, ३१ जेठ
कोरोनाको संक्रमण दर घटेपनी जोखिम उत्तिकै छ । जोखिमका बिचमा खुलेका बैंकहरुमा भिडभाड बढेको छ । कोरोना कहरले एक महिना देखि सुनसान पाल्पामा बैंकहरु संचालन भएसंगै भिडभाड बढेको हो । सबैजसो बैंकहरुमा मानिसहरु लाइन लागेर पैसा झिक्न बैंकसम्म पुगेका हुन । केही बैंकहरुमा दुरी कायम गरेपनी धेरै बैंकमा स्वास्थ्यका सुरक्षात्मक विधि फितलो देखियो । कोरोना संक्रमण उच्च देखिएपछि गएको बैशाख २५ गते देखी पाल्पामा सबै बैकिङ्ग कारोवार बन्द भएको थियो । जिल्ला कोरोना संकट व्यवस्थापन रोकथाम समितीको बैठकले बाणिज्य र विकास बैंकहरु दैनिक ३ घण्टा बिहानमा संचालन गर्ने दिने निर्णय गरेको हो । बैंकहरु बिहान ७ बजे देखि १० बजेसम्म खुलेका छन । बैंक खुलेसंगै ग्राहकको भिडभाडले झन कोरोना संक्रमण बढाउने त्रास देखिएको छ । यसैबिचमा बैक तथा बित्तीय संस्थाहरु असार १ गते देखि १२ गते सम्म एक घण्टा अवधी बढाईएको छ । अब बिहान ११ बजे सम्म बैक खुल्नेछन ।

राष्ट्रिय वाणिज्य बैक, नेपाल बैक र नेपाल एसविआई बैंकहरुमा ग्राहकहरुको बाक्लो भिडभाड छ । कर्मचारीहरुको पेन्सन, सरकारी राजश्व दाखिला, योजनाहरुको चेक जम्मा र झिक्न बिहानै देखी सर्बसाधारण लाइनमा बसेका छन् । भुपु सैनिकहरुको पेन्सनले पनि उत्तिकै भिड बढेको छ । गाउँ गाउँमा वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्स झिक्नेको पनि उत्तिकै उपस्थित छ । घरमा पैसा सकिएपछि स्वास्थ्य मापदण्ड अपनाएर बैक आएको तानसेनका मदन सिंह रानाले बताउनु भयो । यस्तै घरमा रहेको रकम सकिएपछि बैंकमा भिड नै भएपनि चेक साट्न आएको तानसेनकी गृहणी सितादेवी पन्थीले बताउनु भयो । बिहान ३ घण्टा खुलेका बैंकमा देखिएको भिडभाडले कोरोना संक्रमण जोखिम झन बढाएको छ । बैंक मात्र होइन बिहानमा खुलेका तरकारी, मासु, फलफुल र किरानाले पनि उत्तिकै चहल पहल बढाएको छ । पाल्पामा जेठ ३१ गते सम्म कायम निषेधाज्ञा अवधी थप गरेर असार ३१ सम्म पुर्‍याईएको छ ।

Comments

ताजा खबर