सुदूरपश्चिम प्रदेश: मुख्यमन्त्री भट्टले विश्वासको मत लिने

२०७८, २४ जेष्ठ सोमबार १९:१०

सरकारमा अल्पतमतमा परेका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले विश्वासको मत लिने भएका हुन् । गत जेठ १० मा बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, माधव नेपाल समूहका बहुमत रहेको प्रदेश संसदीय दलले समर्थन कायम राख्ने निर्णय गरेको थियो । प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र आइतबार नै दर्ता भइसकेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु