रहेनन् विवेकशील साझाका नेता उज्वल थापा

२०७८, १८ जेष्ठ मंगलवार २१:०७

१८ जेठ, काठमाडौं ।
विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४:२५ बजे निधन भएको हो ।

४४ वर्षिय थापालाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ आएको थियो।

कोभिड संक्रमण भई केही दिनदेखि थापा ह्याम्स अस्पतालमा भर्ना भएका थिए । ह्याम्सबाट उनलाई ग्रान्डी अस्पताल रेफर गरिएको थियो र थप स्वास्थ्य अवस्था जटिल भएपछि जेठ १४ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

करिब एक दशकदेखि राजनीतिमा संलग्न रहँदै आएका थापा विरामी परेपछि सामाजिक संजालमार्फत शुभेच्छा राख्नेहरुको घुइँचो लागेको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु