राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुनुपर्छः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुनुपर्ने बताएका छन् ।

फाइल फोटो
नेपाल सम्बत् ११४२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले भनेका छन्,‘राष्ट्रको समृद्धिको यस अभियानमा गरिएका विभिन्न खाले अवरोधलाई सचेतता पूर्वक परास्त गर्दै राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आह्वान गर्दछु।’

ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणहरुलाई शंखधर साख्वाःले ऋणबाट मुक्त बनाई स्वतन्त्रता दिलाएको दिनलाई प्राचीनकालदेखि नेपाल सम्बतका रुपमा मनाइँदै आएको ओलीले सन्देशमा भनेका छन्।

नेपाल सम्बत् ११४२ को यस सुखद् अवसरमा काठमाडौं उपत्यकामा तत्कालीन समाज सुधारका नेतृत्वकर्ता तथा नेपाल सम्बत्का प्रवर्तक शंखधर साख्वाःको ओलीले स्मरण गरेका छन्।‘बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको छ,’ओलीले भनेका छन्,‘यहाँका विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रका साझापूँजीका रुपमा अङ्कित छन्।’

एकताको राष्ट्रिय पूँजीलाई हामीले मुलुक निर्माणको आधार स्तम्भका रुपमा आत्मसात गरिएको उनले उल्लेख गरेका छन्।‘हाम्रा सांस्कृतिक विविधतालाई विग्रह र द्वन्द्वको अवसरका रुपमा दुरुपयोग गर्न बेलाबेला भएका दुष्प्रयासहरुलाई पनि हामीले आपसी एकताद्वारा पराजित गर्दै राष्ट्रिय एकता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै आएका छौं,’ओलीले सन्देशमा भनेका छन्। नेकपा एमाले नेतृत्वको पूर्ववर्ती सरकारले जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराएको ओलीको भनाइ छ। 

‘हामीले नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा मुलुकलाई नवनिर्माणको चरणमा प्रवेश गराएका थियौं,’उनले भनेका छन्,‘राष्ट्रको समृद्धिको यस अभियानमा गरिएका विभिन्न खाले अवरोधलाई सचेतता पूर्वक परास्त गर्दै राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आह्वान गर्दछु।’

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago