राष्ट्रियसभा उपनिर्वाचनका लागि शुक्रबार रातिदेखि मौन अवधि

२०७८, १४ जेष्ठ शुक्रबार १८:२५

जेठ, १४ । आगामि जेठ १७ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि शुक्रबार रातिदेखि मौन अवधि सुरु हुने भएको छ । लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचन हुदैछ । राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेबाट चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसबाट दृगनारायण पाण्डेय उम्मेदवार रहेका छन् । निर्वाचन आयोगका अनुसार मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र म माग्न पाईने छैन  ।

अन्तिम नामावलीमा नाम भएका प्रदेश सभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखले आफ्नो परिचयपत्रका आधारमा मतदान गर्न पाउने आयोगले जनाएको छ। आयोगका अनुसार मौन अवधिमा एस.एम.एस, फेसवुक, भाईवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पाइने छैन ।

 

Comments

ताजा खबर