सक्रिय सङ्क्रमितको संख्या पन्ध्र सय नाघ्यो

२०७८, १ जेष्ठ शनिबार २१:४१

पाल्पा । जिल्लामा कुल सक्रिय सङ्क्रमितको संख्या पन्ध्र सय नाघेको छ । शनिवार जिल्लाको माथागढीका २, पूर्वखोलाका ११, रैनादेवी छहराका ४२, रम्भाका २९, बगनासकालीका २, तिनाउका ५, रिब्दीकोटका ४, निस्दीका १४ र तानसेनका ५९ जना समेत थप १ सय ६८ जना कोरोना सङ्क्रमित थपिएसँगै एक हजार ५४० पुगेको हो । शनिवार थप १०९ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार संक्रमितमध्ये ७५ जना विभिन्न अस्पतालमा, आईसियुमा  २ र एचडीयूमा २ समेत ७९ जना उपचारमा रहेका छन् । यस्तै १४६१ जना होम आईसोलेसनमा रहेका छन् । जिल्लामा कोरोना सङ्क्रमण बाट मृतकको संख्या ६५ पुगेको छ ।

 

Comments

ताजा खबर