पत्रकार महासंघ निर्वाचन: केन्द्रको गठबन्धन तोड्दै बागलुङमा नयाँ समीकरण

थमन थापा चैत २३ बागलुङ ।

देशभर चैत २५ गते एकसाथ नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ । आसन्न पत्रकार महासंघको निर्वाचनलाई मध्यनजर गरी प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी (समान्नतर) लगायत १२ सङ्गठनको गठबन्धन निर्माण गरी निर्वाचनमा होमिएका छन् । त्यस्तै प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, मीडिया नेपाल, जनपत्रकार संगठन लगायत ९ संगठन चुनावी मैदानमा छन् । बागलुङमा भनें नेपाल पत्रकार महासंघको निर्वाचन फरक हुने भएको छ ।

बागलुङमा केन्द्रमा तय भएको गठबन्धन लाई तोडेर पत्रकारका संघ संगठनले विगतको सहमतिलाई कार्यान्वयन गर्ने भन्दै २ वटा प्यानल खडा गरेका छन । प्रेस युनियन, प्रेस चौतारी नेपाल (ओली निकट) र प्रगतिशील पत्रकार संघले संयुक्त प्यानल मनोनयन दर्ता गरेका छन् । त्यस्तै प्रेस संगठन नेपाल, प्रेस चौतारी (नेपाल निकट) ले अर्को प्यानलको मनोनयन दर्ता गरेका छन् । यो पटक बागलुङमा पत्रकार महासंघको निर्वाचन रोचक र प्रतिष्पर्धी हुने देखिएको छ भनें केन्द्रमा तय भएको गठबन्धन बागलुङमा तोडिए पछि केन्द्र, प्रदेश र अन्य जिल्लाहरुमा भनें प्रभाव पार्ने आंकलन गर्न थालिएको छ । यद्यपि सहमतिको लागि प्रयास भने जारी राखिएको पत्रकारका संघ संगठनले बताएका छन । बागलुङमा दुई गठबन्धनले १७ पदको लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबार भएको मनोनय दर्तामा प्रेस संगठन नेपाल र प्रेस चौतारीको गठबन्धनबाट राम थापा ‘अविरल’ र प्रेस युनियन, प्रेस चौतारी र प्रगतिशीलको गठबन्धनबाट नरेश कँडेलले उम्मेदवारी दिएका हुन् ।उपाध्यक्ष खुल्ला तर्फ थम्मन थापा र नविन शिशिर विकले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्ष महिलामा जीवनकला खत्री र सिर्जना पन्तले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सचिवमा तीन जनाको उम्मेदवारी परेको छ । सचिवमा तारानाथ आचार्य, विजय राना र रेणु केसीले उम्मेदवारी दिएका छन् । यस्तै सह–सचिवमा नारायणप्रसाद रिजाल र विमल खड्का, समावेशी सह–सचिवमा अनिष खाती र खगेन्द्र विकले उम्मेदवारी दर्ता गराएका छन् । कोषाध्यक्षमा खेमराज गौतम र सुर्यबहादुर विक, महिला सदस्यमा मनिषा शर्मा र साधना पन्त, दलित सदस्यमा नवराज नेपाली र योगेन्द्र वि.क., समावेशी सदस्यमा केयरसिंह राना र प्रशान्त घर्ती मगरले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सदस्य अल्पसंख्यकमा देउमाया रानाको मात्र उम्मेदवारी परेको छ । खुल्ला सदस्यमा अर्जुन कार्की, कृष्णप्रसाद सापकोटा, गुमा आचार्य, छविलाल पाण्डे, जमूना शर्मा, डम्मर बुढा, दिनेश शर्मा, प्रदीप पन्त, पूर्णभद्र न्यूरे, बालकृष्ण सुवेदी, योगेश खड्का, रिया शर्मा, सुर्य गौतम र नविन प्रताप जिसी गरी १४ जनाको उम्मेदवारी परेको छ ।

२५ चैतमा हुने निर्वाचनले पदाधिकारीमा ७ जना र खुल्ला, महिला, दलित, समावेशी, अल्पसंख्यक र खुल्ला सदस्यमा १० जना गरी १७ जनालाई निर्वाचित गर्नेछ । उम्मेद्वार उपर सोमबार दिउँसो साढे १२ बजेसम्म दावी विरोध गर्न र २ बजेसम्म उम्मेद्वारी फिर्ता लिन पाइनेछ ।

Comments
bhabindra gautam

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago