२६ जना सङ्क्रमित थपिए

२०७८, १३ बैशाख सोमबार १५:३८

पाल्पा । पिछल्लाे २४ घण्टामा २६ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका मध्ये अधिकांश कर्मचारी र जनप्रतिनिधिहरु रहेका छन् ।  ६७ जनाको स्वाब परीक्षण गर्दा २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । यो सँगै पाल्पामा सक्रिय कोरोना सङ्क्रमितको संख्या १६४ पुगेको छ । सङ्क्रमित १६४ जना होम तथा अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।

Comments

ताजा खबर