काठमाण्डौ– राति बादल लागेपछि काठमाण्डौको न्यूनतम तापक्रम ह्वात्तै बढेको छ । हिजो बिहान २ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज बढेर ९ दशमलव ५ डिग्री सेल्सियस मापनगरिएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि गएको कात्तिक २३ गते काठमाण्डौको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता लगातार घट्दैन्यूनतम तापक्रम एक दशमलव दुई डिग्री सेल्सियससम्म झरेको थियो । तर बादल लागेपछि तापक्रम ह्वात्तै बढेको हो ।
पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भएर रातको समयमा बादल लागेकाले न्यूनतम तापक्रम बढेको मौसमविद् श्रेष्ठलेबताउनुभयो । रातको समयमा बादल लाग्दा जमिनको तातो वाफ वायुमण्डलमा जान नपाउने हुँदा जमिन तातै रहने मौसमविद्ले बताउँदैआएका छन् । तर, न्यूनतम तापक्रम अहिले बढे पनि पश्चिमी वायुको प्रभाव हटेपछि भने तापक्रम घट्ने र चिसो झनै बढ्ने मौसमविद्लेबताएका छन् ।
अहिलेको अवस्थालाई हेर्दा पश्चिमी वायुको प्रभाव पर्सि बुधबारसम्म नै रहने देखिएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।उहाँकाअनुसार पश्चिमी वायुको प्रभाव हटेपछि तराईका जिल्लामा शीतलहरको सम्भावना रहेको छ ।