थम्मन थापा
बागलुङ मंसिर १७
आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय बागलुङले मतदाता नामावली संकलन अभियान सुरु गर्ने भएको छ । बुधबार जिल्ला स्थित सरोकारवाला निकायसँग अन्तिरक्रिया गर्दै जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख ओमनारायण शर्मा ढुङ्गानाले यहि मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन अभियान सुरु गर्ने जानकारी गराउनु भयो ।
ढुङगानाले जिल्लामा हाल १ लाख ८८ हजार १५ मतदाता रहेको र ३ हजार ४ सय ७० जना नयाँ थपिने बताउनु भयो । उहाँले नामावाली संकलन कार्यक्रम दुई चरणमा गरिने समेत जानकारी दिनुभयो । पहिलो चरण कार्तिक १७ देखि २६ र दोस्रो चरण २८ गतेदेखि सुरु हुने बताउनुभयो । पहिलो चरणमा तमानखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र जैमिनी नगरपालिका र दोस्रो चरणको २८ गतेबाट निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकामा गरिने जानाकारी दिनुभयो ।
मतदाता नामावली दर्ता गर्न छुट भएका व्यक्तिहरुले जिल्ला निर्वाचन कार्यालयमा आई नाम दर्ता गर्न सकिने बताउनुभयो । नामावली दर्ता जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय बुर्तिबाङबाट निरन्तर चलिरहने ढुङगानाले बताउनुभयो । मतदाता नामावली दर्ताको लागि नेपाली नगारिकताको प्रमाण–पत्रको सक्कलल र प्रतिलिपि साथमा लिई जानु पर्ने उहाँको भनाई छ । मतदाता नामावली दर्ता गर्न छुटेका व्यक्तिहरुले जिल्ला बाहिर वा आफु रहेको ठाउँबाट पनि दर्ता गर्न सक्ने छन् ।
२०७७ पुष महिनासम्म जिल्लाका १ लाख ८८ हजार १५ जना मतदाता नामावलीमा समावेश भएका छन् भने त्यस पछिको अवधिमा ३ हजार ४ सय ७० थपिएका छन् ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…