बाग्लुङ्ग समाज जापानले प्रथम रनिङ कप भलिबल प्रतीयोगीताको तयारी अन्तिम चरणमा , भोली पत्रकार सम्मेलन गर्ने ।

२०७७, ११ चैत्र बुधबार २०:०१

जापान , मार्च २४ । बाग्लुङ्ग समाज जापानले आयोजना गरेको प्रथम रनिङ कप भलिबल प्रतियोगिता मार्च २६ तारिख शुक्रबार साईतामा केनको टोडा स्पोर्ट्स सेण्टरमा गर्ने भएको छ साथै मार्च २५ तारिख बिहीवार बेलुका ५ बजे सिनोओकुबो स्थित सोलमारी हलमा पत्रकार सम्मेलन गर्ने भएको छ ।

खेलमा सहभागि हुनको लागि ४० हजार येन दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ । प्रथम रनिङ कप प्रतियोगितामा प्रथम हुनेलाई नगद २ लाख ६५ हजार ५ सय पच्पन्न येन ,प्रमाण पत्र,मेडल र रनिङ कप त्यस्तै द्वितीय हुनेलाई नगद १ लाख ६५ हजार ५ सय पच्पन्न येन ,प्रमाण पत्र,मेडल तथा तृतिय हुनेलाई नगद ८५ हजार ५ सय पच्पन्न येन प्रमाण पत्र,मेडल साथै ४ छुट्टाछुट्टै बिधामा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार द्वारा सम्मान गरिने तयारी रहेको कार्यक्रम संयोजक बिरोध चालीसेले जानकारी दिनुभएको छ । बाग्लुङ समाज जापानले नेपालको राष्ट्रीय खेल भलिबललाई जापानमा यस बर्षबाट रनिङ कपको रुपमा आयोजना गर्न लागेको हो ।

कार्यक्रमलाई चुस्त दुरुस्त बनाउन लागि परेको बताउदै यथासक्दो चाडो टिम दर्ता गर्न खेलकुद संयोजक बसन्त थापाले आह्वान गर्नु भएको छ । संस्थाका अध्यक्ष प्रेम कंडेलले छोटो समयमा आयोजना गरिएको कार्यक्रममा जापान बासी नेपालीहरुको सहयोगले कार्यक्रमको अन्तिम तयारी गर्न पाउदा खुशी महसुश भएको जानकारी गराउदै कार्यक्रमका दिन समयमै उपस्थित भैईदिन अनुरोध गर्नु भएको छ ।

टिम दर्ता वा केहि आवश्यक परेमा निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सकिनेछ ।

बिरोध चालिसे 08076514657, प्रेम कँडेल 08032428235 ,बसन्त थापा 08044736183, केशव सुबेदी 090 6744 3217 मा सम्पर्क गरि टिम दर्ता गर्न अनुरोध समेत गरिएको छ ।

Comments

ताजा खबर