पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न २५ गते चुनाव

२०७७, ४ चैत्र बुधबार १५:४८

काठमाडौंचैत ४ नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि यही चैत २५ गते चुनाव हुने भएको छ।

फाइल फोटो

पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रको नेतृत्व चयनका लागि २५ गते एकैसाथ मतदान हुने भएको हो। बुधबार बसेको महासंघको बैठकले ७ गते निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने र २५ गते निर्वाचन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिए। महासंघले गत फागुन ४–५ गते महाधिवेशन सम्पन्न गरिसकेको छ। अब नयाँ नेतृत्व चयनको काम मात्रै बाँकी रहेको छ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु