पहिरो हटाउन दुई रात राजमार्ग बन्द हुने

पाल्पा, १७ भदौ ।
निरन्तरको बर्षाले खसेको पहिरो पन्छाउन दुई रात सडक बन्द हुने भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–८, डुम्रेमा खसेको पहिरो हटाउन साँझको ७ बजेदेखि बिहान ६ बजेसम्म राजमार्गको पहिरो खण्ड बन्द हुने भएकाे हो ।
सम्बन्धित समाचार ……..
अबरुद्ध राजमार्गको डुम्रेमा एकतर्फि खुल्यो, गौडेपुल नजिकैको पहिरो पन्छाउदै
बुटवल-तानसेन सडक खण्ड अवरुद्ध,एक जना बेपत्ता ,एक जनाको मृत्यु
सिद्धार्थ राजमार्ग भदौ १७ गते साँझ ७ बजेदेखि १८ गते दिन बिहान ६ बजेसम्म र १८ गते साँझ ७ बजेदेखि १९ गते बिहान ५ बजेसम्म बाटाेकाे पहिराे हटाउन बाटाे बन्द गर्न लागिएकाे जिल्ला प्रशाशन कार्यालय पाल्पाले जनाएको छ ।
गत साता गएको पहिरोले एक घर पुर्ण रुपमा पुरेको थियो भने केही घर आंशिक रुपमा क्षेती भएका थिए । उक्त क्षेत्रमा पहिरो खुलाउन ३ दिन लागेको थियो ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago