भाजपाले नेपालमा सरकार बनाउने भनाइप्रति नेपालले जनायो आपत्ति

२०७७, ४ फाल्गुन मंगलवार १३:१४

नेपालमा भारतीय जनता पार्टीको सरकार गठन गर्ने तयारी भइरहेको भनेर भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले दिएको अभिव्यक्तिप्रति नेपालले औपचारिक रुपमा आपत्ति जनाएको छ।

फाइल फोटो

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो अभिव्यक्तिबारे सरकारले आपत्ति जनाइसकेको जानकारी दिएका हुन्। ज्ञवालीले ट्विटरमा सो विषय जानकारीमा लिइएको र यस विषयमा औपचारिक रुपमै आपत्ति व्यक्त गरिएको बताएका छन्। ट्विटर प्रयोगकर्ता सविर अन्सारीले त्यस विषयमा परराष्ट्रमन्त्री ज्ञवालीलाई मेन्सन गर्दै चासो व्यक्त गरेपछि ज्ञवालीले सो जानकारी दिएका हुन्।

भारतीय गृहमन्त्री अमीत शाहले भारतमा मात्रै नभएर नेपाल र श्रीलंकामा पनि भाजपाको सरकार गठन गर्ने तयारी भैरहेको जानकारी गराएको भनेर त्रिपुराका मुख्यमन्त्रीले भाषण गरेका थिए। उनको भनाइ उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले सो समाचार प्रकाशित गरेका छन्। सो धारणाप्रति यसअघि नै श्रीलंकाले पनि आपत्ति जनाइसकेको छ। भारतका लागि नेपाली राजदूत निलाम्वर आचार्यले पनि त्यसबारे भारतीय अधिकारीहरुसँग नेपालको आपत्ति व्यक्त गरेका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु