देशभर थप १ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

२०७७, २८ माघ बुधबार १२:५५

पछिल्लो २४ घण्टामा देशभर थप १ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज थप १ सय १८ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ६८ हजार ५ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ ।
आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल १ हजार ७ सय ५३ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय कोरोना संक्रमण दर घटेपछि स्वास्थ्य मापदण्ड अपनाउन छाडिएको छ ।

Comments

ताजा खबर