तानसेनका जेष्ठ नागरिकलाई सम्मान

२०७७, २६ माघ सोमबार १४:४९

पाल्पा, २६ माघ । तानसेन नगरपालिकाले ८५ वर्ष उमेर पारगर्नुभएको जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । बिगतको योगदान सम्झदै जेष्ठ नागरिकलाई कोसेली स्वरुप कपडा, पोष्टीक खाना र स्वास्थ परिक्षण सहित सम्मान गरेको तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले जानकारी दिनुभयो । मुख्यमन्त्रि ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत तानसेन नगरपालिकाका दुई सय ६७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको समितिका सदस्य गुराँस आत्रेयले बताउनुभयो । नगरपालिकाको गरिब तथा विपन्न वर्गलाई रोजगारीउन्मुख कार्यक्रमहरु सञ्चालन गर्ने मुख्य उदेश्य रहेको यस कार्यक्रमबाट जेष्ठ सम्मान गरिएको हो । जिवनको क्रियाशिल समय समुदायको बिकासमा उल्लेखनिय भुमिका खेल्नुभएको सम्झना गर्दै आउदो जिवन भाविपुस्तालाई आफ्नो अनुभव र ज्ञान बिस्तार गर्न आग्रह सहित सम्मान गरिएको छ ।
तानसेन नगरपालिकाको वडा न. १४ अर्गली र वडा नं ११ बन्दिपोखरामा आईतबार भएको कार्यक्रममा ब्लाङ्केट, ज्याकेट, जुत्ता, मोजा, टोपी, लाईभभिटा राखिएको झोला जेष्ठ नागरिकलाई प्रदान गरिएको हो । कार्यक्रममा तानसेन नगरप%Bलिकाका उपमेयर लक्ष्मीदेवी पाठक, प्रशासकिय अधिकृत पिताम्बर पाण्डे, कार्यक्रम फोकल अधिकृत दुर्गा थापा, सामाजिक परिचालक नारायण कुमाल लगायतले सामाग्री हस्तान्तरण गर्दै जेष्ठ नागरिकलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा नगरपालीका स्वास्थशाखा प्रमुख झविन्द्र न्यौपानेको समुहले सहभागीको सुगर, प्रेसर परिक्षण सहित सामान्य औषधी वितरण गर्नुभएको थियो । नगरपालिकाको बाँकी वडामा जेष्ठ नागरिकलाई कार्यक्रममा बोलाएर वितरण गर्न नमिलेमा घरघरै लगेर वा प्रतिनिधी बोलाएर हस्तान्तरण गर्नेगरि सामाग्री प्रतेक वडा कार्यालयमा पठाईएको बरिष्ठ अधिकृत दुर्गा थापाले बताउनुभयो । कार्यक्रमबाट तानसेन नगरपालिका वडा नं १ मा १३ जना, वडा नं २ मा १५ जना, वडा नं ३ मा १० जना, वडा नं ४ मा ८ जना, वडा नं ५ मा १० जना, वडा नं ६ मा २१ जना, वडा नं ७ मा ३१ जना, वडा नं ८ मा १६ जना, वडा नं ९ मा २० जना, वडा नं १० मा १९ जना, वडा नं ११ मा १८ जना, वडा नं १२ मा १४ जना, वडा नं १३ मा ३० जना र वडा नं १४ मा ४२ जना जेष्ठ नागरिकहरु सम्मानित हुने कार्यक्रम शिफारिस समिती सदस्य गुराँस आत्रेयले बताउनुभयो ।

Comments

ताजा खबर