किशोरीको आफ्नै घरमा गएर बलात्कार गरेको आरोपमा एक पक्राउ

२०७७, २५ माघ आईतवार १४:०८

पाल्पा, २५ माघ । किशोरीको आफ्नै घरमा गएर बलात्कार गरेको आरोपमा रिब्दीकोट गाउँपालिका १ ख्याहाका २१ बर्षीय दिपक नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालीले १७ वर्षीया किशोरीलाई शुक्रवार रातिको समयमा बलात्कार गरेको भन्दै पिडित पक्षले आइतवार जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएका थिए ।
पिडितपक्षको उजुरी पछि आरोपितलाई पक्राउ गरि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

 

Comments

ताजा खबर