प्रधानमन्त्रीलाई विद्यार्थीको प्रश्‍न- तपाईंले उद्घाटन गरेको गोबर ग्यास बन्द भयो ! घरघरमा ग्यास कहिले आउँछ ?

२०७७, २६ पुष आईतवार १०:०३

विराटनगर पुस २६  केही वर्षअघि विराटनगर गोबर ग्यास प्लान्ट उदघाटन गरेका प्रधानमन्त्री केपी ओलीलाई विद्यार्थीले कहिले घर-घरमा ग्यास वितरण गर्ने भनेर प्रश्न गरेका छन् ।

फाइल फोटो

ओलीले विराटनगरमा उद्घाटन गरेको गोबर ग्यास प्लान्ट बन्द भइसकेको तर उनैले घोषणा गरेको ग्यास वितरणको चर्चा कहाँ पुग्यो भन्दै प्रश्न तेर्स्याएका हुन् । ओली पक्षका विद्यार्थीले नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङको शपथग्रहण गराएको सातादिन नपुग्दै दाहाल-नेपालपक्षीय विद्यार्थीले आज विराटनगरमा आयोजना गरेको शपथग्रहण कार्यक्रममा विद्यार्थी र नेताले ग्यास वितरण गर्ने भनेर ओलीले नेपालीलाई झुक्याएको जिकिर गरे ।

अनेरास्ववियुका केन्द्रीय सदस्य ओसिम आलमले भने, “पाइपबाट घर-घरमा ग्यास वितरण गर्ने भन्नुहुन्थ्यो आएर हेर्नुहोस् तपाईंले विराटनगरमा उद्घाटन गरेको गोबर ग्यास प्लान्ट नै बन्द भइसक्यो । घरघरमा ग्यास कहिले आउँछ ? ” ओलीले विराटनगर १४ मा पाइपबाट ग्यास वितरण गर्ने परियोजना उद्घाटन गरेका थिए । आलमले “गुटियाहरुको भेला गर्दै हिँड्ने आरोप लगाउँदै निर्मला पन्तको हत्यारा खै ?  चुच्चे नक्सा छापिएको किताब किन रोकेको ?” भन्दै प्रश्न गरे ।

नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले ओलीको प्रतिगामी कदमले मुलुकलाई पछि धकेलेको बताए । नेकपा प्रदेश सदस्य कुशल लिम्बूले ओली आन्दोलनबाट फ्याँकिने दाबी गरे । नेकपा मोरङ सचिव गणेश उप्रेतीले आन्दोलनबाट ओलीको कदमको विरोध गर्दै जनतासमक्ष जानुपर्ने बताए । कार्यक्रममा मृत्युञ्‍जय झा, अनेरास्ववियु मोरङ अध्यक्ष टेकेन्द्र क्षत्री, केन्द्रीय सदस्य  ताजिम अन्सारी केन्द्रीय जिसस न्यौपाने, सुमन कालीकोटे अनेरास्ववियु सह-इन्चार्ज मोरङलगायतले संविधानसभा विघटन संविधानविपरीत भएको बताए ।अनेरास्ववियुले मोरङमा आंगीक क्याम्पस र १७ पालिकाको कमिटीलाई पूर्णता दिइएको कार्यक्रममा जानकारी दिइयो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु