पाल्पामा टिपर दुर्घटनामा चालकको मृत्यु

२०७७, १९ पुष आईतवार १३:२९

पाल्पा । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–३, खस्यौली लप्सीको रुखमा आइतबार टिपर दुर्घटनामा ४० वर्षीय रामु कार्कीको मृत्यु भएको छ ।

सांकेतिक तस्बिर फाइल फोटो

नवलपरासीको सुनवलबाट रैनादेवी छहरा–१, सिद्देश्वर चुनढुंगा खानीतर्फ ढुंगा लिन जाँदा दुर्घटना भएको प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले बताए । लु २ ख २१७१ नम्बरको खाली टिपर अनियन्त्रित भई सडकदेखि १ सय ५० मिटर तल खस्दा चालक रैनादेवी छहरा–५, मुझुङका कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

यस्तै माथागढी गाउँपालिका–१, चिदीपापानीका ५१ वर्षीय गंगाबहादुर सार्कीको बाटोबाट लडेर मृत्यु भएको छ । सडकबाट ७ फिट तल खसेर घाइते भएका उनको उपचारको क्रममा मिसन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु