थप १३ जनामा संक्रमण पुष्टि एकको मृत्युु

२०७७, १८ पुष शनिबार ०८:१९

पाल्पा – पाल्पामा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको कुल संख्या १ हजार ८ सय २१ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जस मध्ये १ हजार ७ सय २५ जना निको भएका छन् । अहिले पाल्पामा ६५ जना सक्रिय संक्रमित छन् जस मध्ये ३७ जना तानसेन नगरपालिकाका रहेका छन ।

पाल्पामा थप १ संक्रमितको मृत्यु भएको छ ।बगनासकाली गाउँपालिका १ का ७६ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

Comments

ताजा खबर