तनहुँ,, तनहुँको व्यास नगरपालिका११ सेरावासी टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् तीन वर्षअघि स्थानीय कृष्णप्रसादपौडेलले बुटवलबाट ५० वटा टर्की ल्याएर पाल्दा राम्रो आम्दानी भएपछि त्यहाँ टर्कीपालन बढ्दै गएको

टर्की व्यवसाय सञ्चालन सजिलो राम्रो आम्दानी दिने भएपछि स्थानीयले आफ्नो क्षमता अनुरुप १० वटादेखि ७० वटासम्म टर्की पाल्नथालेको किसान पौडेलले जानकारी  दिनुभयो स्थानीय कुखुरा बट्टाई पाल्दै आउनुभएका पौडेलले यससम्बन्धी तालीम लिएपछि टर्कीपाल्न शुरु गर्नुभएको थियो यसको मासु प्रतिकिलो रु एक हजारमा बिक्री हुने गरेको बताइएको  ।

फोटो फाईल

टर्की, कोडाकनाथ, फेन्सीजात, लौकाड, हाँस, बट्टाई, लोकल कुखुरालगायतका नौ जातका महङ्गा पक्षीहरु पाल्दै आएपनि कोरोनाकाकारण अन्य सबै बिक्री गरेर अहिले टर्की मात्रै पाल्दै आएको उहाँले बताउनुभयो पाँच वटा खोर खाली छन् उहाँले भन्नुभयो, “चल्लाल्याउने स्थानमै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि जोखिम रहेकोले ल्याउन नसकिएको हो   सहज परिस्थ्तिि भएपछि पुन पाल्ने योजना बनाएको छु

एक दिने चल्लाको रु ३५० देखि ४५० सम्म मूल्य पर्ने महिनापछि खाना योग्य हुने उहाँले बताउनुभयो चार महिनापछि महिनामा दुईकिलोसम्मको दरले बढ्ने, बोसोरहित हुने मानिसको हड्डी बलियो बनाउनुका साथै मुटु, मधुमेह, रक्तचापलगायत दीर्घकालीन रोगी सबैप्रकारका बिरामीले खाना मिल्ने भएकाले यसको मासुको माग बढी रहेको चराएर, अन्न, घाँस दिएर पाल्न सकिने, भ्याक्सिन दिननपर्ने, पाल्दा दुर्गन्ध नहुने रोगले आक्रमण नगर्ने भएकाले जोखिम पनि कम हुने यसको विशेषता रहेको बताइएको

तराईको तुलनामा पहाडमा पालेका टर्कीको मूल्य अझ राम्रो पाइने यसको मासुको माग बढी रहेकाले माग अनुरुप पूर्ति गर्न नसकिएकोस्थानीय शोभा पौडेलले बताउनुभयो एक सय टर्की पाल्दा महिनामा झण्डै चार लाखसम्म कमाउन सकिने किसान पौडेल बताउनुहुन्छ ग्रेड जातको टर्की नौ महिनामा १८ किलोग्रामसम्म तौल हुन्छ उहाँले भन्नुभयो, “शुरु शुरुमा काटेर बिक्री गर्न गाह्रो गाह्रो भयो, अहिले हप्तामा एउटा टर्की घरमै काट्दा बिक्री भैरहेको

गाउँ घरमा सबैले टर्की पाल्न शुरु गरेपछि केही महिना अघि आफूले पनि ७० वटा टर्की ल्याएर पाल्न थालेको अर्का स्थानीय सुभद्राकार्की पराजुलीले बताउनुभयो तीन महिना अघिदेखि ल्याएर आफूले पहिलो पटक टर्की पाल्न शुरु गरेको उहाँले जानकारी दिनुभयो

उक्त क्षेत्रका चौध घरपरिवारले टर्की पाल्न शुरु गरेका छन् भने अन्य परिवारले टर्की पाल्नको लागि चल्ला माग गरिरहेको किसानपौडेलले जानकारी दिनुभयो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago