कृषि कर्मबाटै मासिक एक लाख बचत

गलकोट, गलकोट क्षेत्रका अधिक जापानमा छन् त्यसबाहेक, अमेरिका, अष्ट्रेलियालगायत देशमा नपुगेको कमै परिवार भेटिन्छ गलकोटलाईजापाने गाउँसमेत भनिँदै आएको यस्तो समाजमा आफ्नै गाउँ ठाउँमा केही गरेर कमाउने रमाउने युवा पनि कमै छन् गलकोटनगरपालिका हटियाका गुमानसिंह खत्री यस मध्येमै पर्नुहुन्छ अधिकांश साथीहरु जापान अमेरिका गए पनि उहाँको मन कहिल्यैविदेश मोहमा तानिएन

फोटो फाईल

खत्रीलाई सानै उमेरबाट कृषिप्रति लगाव रहिरह्यो उमेरले ४५ वर्ष पुग्नुभएका खत्रीले २५ वर्षदेखि व्यावसायिक कुखुरापालन, २०५७सालदेखि फ्रेस हाउस, २०६३ सालदेखि हाइटेक प्रविधिमार्फत तरकारी खेती २०७२ सालदेखि व्यावसायिक किबी खेती गर्दैआउनुभएको यहाँका अधिकांश साथीहरु विदेश पलायन भएका छन् विदेशमा पनि धन कमाउन त्यति सजिलो छैन”, खत्रीलेभन्नुभयो, “स्वदेशमा आफैँ माटोमा रमाएर धेरथोर कमाउदा पनि सन्तुष्ट छु, विदेश जाने कहिल्यै मोह आएन निरन्तर २५ वर्षदेखिब्रोइलर कुखुरा पालन गर्दै आउनुभएका खत्रीले पछि तरकारी तथा किबी खेती थाल्नुभएको हो

खत्री आफू मात्रै हैन, गलकोट क्षेत्रलाई तरकारी मासुमा पाँच वर्षभित्र आत्मनिर्भर गर्ने गरी नगरस्तरीय कृषि सञ्जालको अध्यक्ष भएरकृषि जागरण ल्याउनमा सक्रिय हुनुहुन्छ गलकोट क्षेत्रमै २०५२ सालमा पहिलो पटक व्यावसायिक कुखुरापालन शुरु गर्दा धेरैलेपत्याएका थिएनन्, गुमानसिंह सफल कृषक बन्नेछन् भनेर उहाँले विगत स्मरण गर्दै भन्नुभयो, “यो बीचमा धेरै उतार चढाव आए, कहिलेघाटा भयो, कहिलो नाफा भयो

निरन्तरको कृषि लगावका कारण कृषक खत्री अहिले बागलुङकै सफल कृषकका रुपमा परिचित हुनुहुुन्छ जामुने कृषि फर्ममार्फतव्यावसायिक उत्पादन गर्दै आउनुभएका खत्रीको फर्ममा ८०० ब्रोइलर कुखुरा, चार हाइटेक टनेल, चार सामान्य टनेलमा सिमी, बोडी, गोलभेडालगायत तरकारी उत्पादन भएका छन् भने काउली बन्दा लगाउने क्रम शुरु भएको

कुखुराबाट वार्षिक १५ लाख तरकारीबाट वार्षिक लाख कारोवार हुन्छ”, खत्रीले भन्नुभयोदुदिलाभाटीमा लगाएको किबी खेतीलेबल्ल उत्पादन दिन थालेको , अघिल्लो वर्षमा तीन लाखको किबी बिक्री गरे खत्रीका अनुसार लगभग वार्षिक १२ लाख बचत हुनेगर्दछ

सबै आम्दानीबाट खर्च कटाउदा वार्षिक पाँच लाख रकम बचत गर्दै आएको उहाँको भनाइ उहाँको काममा आमा, श्रीमती अन्य दुईकामदार खटिँदै आएका छन् जेटिए स्तरको तालीम लिनुभएका खत्रीले हालसम्म १२ लाख बढी रकम सरकारीस्तरबाट अनुदानपाइसक्नुभएको दुदिलाभाटीमा खत्रीले २० रोपनीमा पाँच वर्षदेखि किबी खेती गर्दै आउनुभएको अहिले उहाँको २०० किबीकोबोटबाट गत वर्ष तीन लाख कमाइ गरेको बताउनुहुन्छ अहिले १५ क्वीन्टलभन्दा बढी उत्पादन गर्ने लक्ष्य रहेको खत्रीको भनाइ फलको राजाको रुपमा चिनिँदै आएको किबी स्थानीयस्तरमा भने बिक्री नभएको उहाँ बताउनुहुन्छ किबीको महत्व बुझाउँदैछु, अहिलेउत्पादन भएको किबी काठमाडाँै, पोखरा निर्यात हुन्छ”, उहाँले भन्नुभयो, “नयाँ फल भएकाले यसको महत्व बुझेमा स्थानीयस्तरमा नैखपत हुनेमा आशावादी छु

गलकोट नगरपालिकालाई कृषिमा आत्मनिर्भर गराउने उद्देश्यले किसानको मागअनुसार नगरपालिकाले कार्यक्रम बनाउने, कृषकलाईसङ्गठित गर्ने नगरपालिका भर कृषि जागरण ल्याउने अभियानमा लागिरहेको खत्रीको भनाइ खत्रीले उत्पादन गर्दै आएका किबीबाहेकका अन्य कृषि उपज गलकोट बजारमै बिक्री भएको बताउनुहुन्छ

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago