कृषि कर्मबाटै मासिक एक लाख बचत

गलकोट, गलकोट क्षेत्रका अधिक जापानमा छन् त्यसबाहेक, अमेरिका, अष्ट्रेलियालगायत देशमा नपुगेको कमै परिवार भेटिन्छ गलकोटलाईजापाने गाउँसमेत भनिँदै आएको यस्तो समाजमा आफ्नै गाउँ ठाउँमा केही गरेर कमाउने रमाउने युवा पनि कमै छन् गलकोटनगरपालिका हटियाका गुमानसिंह खत्री यस मध्येमै पर्नुहुन्छ अधिकांश साथीहरु जापान अमेरिका गए पनि उहाँको मन कहिल्यैविदेश मोहमा तानिएन

फोटो फाईल

खत्रीलाई सानै उमेरबाट कृषिप्रति लगाव रहिरह्यो उमेरले ४५ वर्ष पुग्नुभएका खत्रीले २५ वर्षदेखि व्यावसायिक कुखुरापालन, २०५७सालदेखि फ्रेस हाउस, २०६३ सालदेखि हाइटेक प्रविधिमार्फत तरकारी खेती २०७२ सालदेखि व्यावसायिक किबी खेती गर्दैआउनुभएको यहाँका अधिकांश साथीहरु विदेश पलायन भएका छन् विदेशमा पनि धन कमाउन त्यति सजिलो छैन”, खत्रीलेभन्नुभयो, “स्वदेशमा आफैँ माटोमा रमाएर धेरथोर कमाउदा पनि सन्तुष्ट छु, विदेश जाने कहिल्यै मोह आएन निरन्तर २५ वर्षदेखिब्रोइलर कुखुरा पालन गर्दै आउनुभएका खत्रीले पछि तरकारी तथा किबी खेती थाल्नुभएको हो

खत्री आफू मात्रै हैन, गलकोट क्षेत्रलाई तरकारी मासुमा पाँच वर्षभित्र आत्मनिर्भर गर्ने गरी नगरस्तरीय कृषि सञ्जालको अध्यक्ष भएरकृषि जागरण ल्याउनमा सक्रिय हुनुहुन्छ गलकोट क्षेत्रमै २०५२ सालमा पहिलो पटक व्यावसायिक कुखुरापालन शुरु गर्दा धेरैलेपत्याएका थिएनन्, गुमानसिंह सफल कृषक बन्नेछन् भनेर उहाँले विगत स्मरण गर्दै भन्नुभयो, “यो बीचमा धेरै उतार चढाव आए, कहिलेघाटा भयो, कहिलो नाफा भयो

निरन्तरको कृषि लगावका कारण कृषक खत्री अहिले बागलुङकै सफल कृषकका रुपमा परिचित हुनुहुुन्छ जामुने कृषि फर्ममार्फतव्यावसायिक उत्पादन गर्दै आउनुभएका खत्रीको फर्ममा ८०० ब्रोइलर कुखुरा, चार हाइटेक टनेल, चार सामान्य टनेलमा सिमी, बोडी, गोलभेडालगायत तरकारी उत्पादन भएका छन् भने काउली बन्दा लगाउने क्रम शुरु भएको

कुखुराबाट वार्षिक १५ लाख तरकारीबाट वार्षिक लाख कारोवार हुन्छ”, खत्रीले भन्नुभयोदुदिलाभाटीमा लगाएको किबी खेतीलेबल्ल उत्पादन दिन थालेको , अघिल्लो वर्षमा तीन लाखको किबी बिक्री गरे खत्रीका अनुसार लगभग वार्षिक १२ लाख बचत हुनेगर्दछ

सबै आम्दानीबाट खर्च कटाउदा वार्षिक पाँच लाख रकम बचत गर्दै आएको उहाँको भनाइ उहाँको काममा आमा, श्रीमती अन्य दुईकामदार खटिँदै आएका छन् जेटिए स्तरको तालीम लिनुभएका खत्रीले हालसम्म १२ लाख बढी रकम सरकारीस्तरबाट अनुदानपाइसक्नुभएको दुदिलाभाटीमा खत्रीले २० रोपनीमा पाँच वर्षदेखि किबी खेती गर्दै आउनुभएको अहिले उहाँको २०० किबीकोबोटबाट गत वर्ष तीन लाख कमाइ गरेको बताउनुहुन्छ अहिले १५ क्वीन्टलभन्दा बढी उत्पादन गर्ने लक्ष्य रहेको खत्रीको भनाइ फलको राजाको रुपमा चिनिँदै आएको किबी स्थानीयस्तरमा भने बिक्री नभएको उहाँ बताउनुहुन्छ किबीको महत्व बुझाउँदैछु, अहिलेउत्पादन भएको किबी काठमाडाँै, पोखरा निर्यात हुन्छ”, उहाँले भन्नुभयो, “नयाँ फल भएकाले यसको महत्व बुझेमा स्थानीयस्तरमा नैखपत हुनेमा आशावादी छु

गलकोट नगरपालिकालाई कृषिमा आत्मनिर्भर गराउने उद्देश्यले किसानको मागअनुसार नगरपालिकाले कार्यक्रम बनाउने, कृषकलाईसङ्गठित गर्ने नगरपालिका भर कृषि जागरण ल्याउने अभियानमा लागिरहेको खत्रीको भनाइ खत्रीले उत्पादन गर्दै आएका किबीबाहेकका अन्य कृषि उपज गलकोट बजारमै बिक्री भएको बताउनुहुन्छ

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago