राहत वितरणमा भेदभाव भएकाे गुनासाे प्रती नेपाली काङ्ग्रेस पाल्पाको ध्यानाकर्षण

१८ बैशाख, पाल्पा । सरकारले लकडाउनबाट प्रभावित असंगठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर र असहायका लागि उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड बनाए पनि जिल्लाका केही स्थानीय तहहरुले मापदण्ड विपरीत राहत वितरण गर्दा भेदभाव भएको गुनासो आएको भन्दै नेपाली काँग्रेस पाल्पाले ध्यानाकर्षण जनाएको छ ।            सरकारले मजदुर र असहायलाई राहत दिने घोषणा गरेसँगै राहत वितरण कार्यलाई एकद्वार प्रणालीबाट दुरुपयोगरहित बनाउन पीडित पक्षसमक्ष राहत पुग्याउन मापदण्ड निर्माण गरे पनि केही स्थानीय तहहरुमा वास्तविक पीडितहरुले राहत नपाएको गुनासो प्रति काँग्रेसले ध्यानाकर्षण भएको जनाएको हो ।
काँग्रेसले विहिबार एक विज्ञप्ती जारी गर्दै पहिलो चरणको राहत वितरणमा केही स्थानीय तहहरुले भेदभाव गर्दा दैनिक ज्यालादारी गर्ने मजदुर र विपन्न वर्ग बढी समस्यामा परेको गुनासो आएकाले त्यस तर्फ ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । लामो समयदेखि लकडाउनका कारण व्यापार, व्यवसाय, कृषि, पेशा लगायत आयआर्जनका सबै बाटाहरु पूर्ण वा आंशिक रुपमा ठप्प छन् । जसका कारण दैनिक काम गरी जिविकोपार्जन गर्ने विपन्न वर्गका नागरिकहरुलाई छाकटार्न कठिन भईरहेको छ । स्थानीय सरकारले नागरिकलाई आ-आफ्नो स्थानीय तहमा पहिलो चरणको राहत वितरण गरिसकेका छन् । राहत वितरण गर्दा केही स्थानीय तहहरुमा लक्षित वर्गसम्म नपुगेको, भेदभाव गरिएको भन्ने व्यापक जनगुनासो सुनिन आएकाले नेपाली काँग्रेस पाल्पाको ध्यानाकर्षण भएको जिल्ला सभापति तथा प्रदेश सांसद वीरबहादुर रानाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

लामो समय आर्थिक क्रियाकलाप ठप्प हुँदा पहिलो चरणमा बाँडिएको सिमित राहत कार्यक्रमले दैनिक ज्याला मजदुरी र विपन्न नागरिकहरुलाई छाक टार्न समस्या परेको हुँदा पुनः दोस्रो चरणको राहत वितरण अविलम्व अगाडि बढाउन सम्बन्धित निकाय समक्ष नेपाली काँग्रेस जोडदार माग गर्दछ । दोस्रो चरणको राहत वितरण प्रक्रिया अविलम्व अगाडि बढाउनुपर्ने, केही स्थानीय तहहरुबाट सहुलियत राहतका नाममा भईरहेको गतिविधिले जनमानसमा झन बढी अन्यौलता थपेकाले स्पष्ट मापदण्ड बनाई सरोकारवाला निकायसँग छलफल गरी अगाडि बढाउनुपर्ने, उद्योगी,व्यवसायी, कृषकलाई परेको मर्कामा नेपाल राष्ट्र बैंकबाट जारी परिपत्र अनुसार बैंक तथा वित्तिय संघ संस्थाहरुबाट सम्बन्धित पक्षलाई सहुलियत दिने निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने, शिक्षा क्षेत्रमा देखिएको अन्यौलताको अन्त्यका लागि सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने, कोरोना संक्रमणबाट बच्न र बचाउन परीक्षणको दायरालाई व्यापक बनाउनुका साथै उपचारमा संलग्न स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मीहरुको हितलाई प्राथमिकता दिइनुपर्नेमा नेपाली काँग्रेसले जोड दिएको छ ।

Comments
bhabindra gautam

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago