आन्तरिक पर्यटकका कारण विस्तारै चहलपहल बढ्दै

गण्डकी,चाँदी जस्तै टलक्क टल्केको माछापुच्छे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् फेवाताल पोखराआसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल तालको अचम्मकोसुन्दरता यतिखेर पोखरामा भरिएको

फोटो फाईल

विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण गत चैतयता सुनसान बनेको पर्यटकीय नगरी पोखरामा दशैँ लागेसँगैपछिल्ला दिनमा भने आन्तरिक पर्यटककको आगमनले यहाँका पर्यटन व्यवसायीमा थोरै भने पनि आशा जगाएको

विगतका वर्षमा दशैँ तिहारको समयमा पोखराका तालतलैया, गुफा, धार्मिकस्थल जहाँतहीँ यतिखेर आन्तरिक पर्यटकको निकैचाप देखिने गरेको भए पनि पोखरा अहिले भने कोरोनाको कहरले जकडिएको फेवातालमा डुङ्गा शयरदेखि सराङ्कोट, विश्वशान्तिस्तूपलगायतका स्थान पुगी सूर्योदयसहित हिमशृङ्खलाको अवलोकनका लागि आउने पर्यटकका कारण विगतमा जस्तो चहलपहलनदेखिए पनि पछिल्ला दिनमा पोखराको लेकसाइड आसपासका पर्यटकीय स्थलमा आन्तरिक पर्यटक फाट्टफुट्ट देखिएका छन्

लामो समयदेखि शून्यतामा रुमल्लिएको पोखरा दशैँ तिहारको आगमनसँगै केही मात्रामा भने पनि चहलपहलमय बनेको पोखरा पर्यटनपरिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो दशैँ तिहारको समय आन्तरिक पर्यटकको चहलपहल हुने समय हो”, उहाँलेभन्नुभयो, “विगतमा जस्तै उल्लेख्य पर्यटक नदेखिए पनि फाट्टफुट्ट पर्यटक देखिँदा पनि पर्यटन व्यवासायीमा आशा जगाएको

पोखरा आएका आन्तरिक पर्यटक वरपरका पदयात्रा मार्ग एवं पर्यटकीय स्थल नखुल्दा भने समस्यामा पर्ने गरेको उहाँले बताउनुभयो कोरोनाको महामारी फैलन सक्ने अवस्थालाई दृष्टिगत गरी पोखरा हुँदै जाने धार्मिक पर्यटकीय स्थल मुक्तिनाथ दर्शनार्थीका लागिखुल्ला गरिएको छैन भने विश्वकै उत्कृष्ट पर्यटकीय पदमार्ग मध्येको अन्नपूर्ण आधार शिविर जाने पदमार्ग यतिखेर त्यहाँका स्थानीयपर्यटन व्यवसायीले नै बन्द गरेका छन्

आसपासका पर्यटकीय गतिविधिलाई चलायमान बनाउन स्थानीय तह एवं प्रदेश सरकारसमेतले समन्वय गरी स्वास्थ्य सुरक्षामापदण्डका साथ पर्यटनसम्बद्ध सबै क्षेत्र गतिवधि खुल्ला गरिनुपर्ने उहाँले बताउनुभयो पोखरामा विशेषतः सेप्टेम्बरदेखिडिसेम्बरसम्मको समय अत्यधिक पर्यटक आउने याम हो त्यस्तै मार्च, अप्रिल तथा नेपाली अङ्ग्रेजी नयाँ वर्षको समयले पनिपर्यटकलाई पोखरामा लोभ्याउने गर्दछ

दशैंँको समयमा कार्यालयमा हुने बिदाका साथै घटस्थापनादेखि कोजाग्रतसम्म नै शैक्षिक संस्था बन्द हुने भएका कारणयसअवधिमा विगतदेखि नै पोखरामा आन्तरिक पर्यटकको चहलपहल हुने गर्दथ्यो विगतका वर्षमा दशैँको भोलिपल्ट लेकसाइडमापर्यटकले कोठा पाउनसमेत मुस्किल हुने गर्दथ्यो

सेप्टेम्बरदेखि डिसेम्बरसम्म पदयात्रा पर्वतीय पर्यटनका लागि विदेशी पर्यटक आउने गर्दछन् विश्वकै उत्कृष्ट १० पदमार्गमध्येकोअन्नपूर्ण चक्रीय पदमार्ग पोखरा हुँदै जाने भएका कारण पदयात्री पर्यटकका कारण पनि यहाँ पर्यटकको चहलपहल हुन्छ दशैंँतिहारजस्ता चाडबाडका कारण विगतमा पर्यटन बजार चलायमान हुने विगतलाई फर्केर हेर्दा कोरोना कहरका बाबजुद पनि यस अवधिमायहाँको पर्यटन केही मात्रामा भए पनि चलायमान बन्ने विश्वास लिइएको

दशैँ शुरु भएसँगै पोखरामा आन्तरिक पर्यटककको चहलपहल बढिरहेको पोखराको लेकसाइड सेदीडाँडामाढाकाटोपी रेष्टुरेन्टएण्ड होटल फेवाबीचसञ्चालन गर्दै आएका युवा पर्यटन व्यवसायी महेश्वर अर्यालले बताउनुभयो दशैंँ शुरु भएसँगै आन्तरिकपर्यटकको विस्तारै बढ्दै गएको आगमनले हामीलाई उत्साहित बनाएको ”, अर्यालले भन्नुभयो, “सरकारले तोकेका स्वास्थ्य सुरक्षामापदण्ड अपनाउँदै हामी पर्यटकलाई सेवा प्रवाह गरिरहेका छौँ यतिबेला पोखरा आसपासको प्रकृति पनि पर्यटक स्वागतकोपर्खाइमा रहेको उल्लेख गर्दै उहाँले आफूहरू पर्यटकको न्यानो आतिथ्यताको पर्खाइमा रहेको बताउनुभयो

पर्यटकको स्वास्थ्य सुरक्षाप्रति सजग बन्दै यहाँका पर्यटन व्यवसायीले होटेल तथा रेष्टुरेन्ट सञ्चालन गर्दा स्वास्थ्य सुरक्षामापदण्डलाई आत्मसात गरिहेको पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो पोखराका पर्यटनसम्बद्धसङ्घ संस्थाले पनि स्वास्थ्य सुरक्षा मापदण्डलाई प्रभावकारीरूपमा कार्यान्वयनमा ल्याउन होटेल सञ्चालक तथा रेष्टुरेन्टमा काम गर्नेकर्मचारीलाई आवश्यक तालिमसमेत दिइसकेको उहाँले बताउनुभयो पोखराका होटेल खुले पनि आसपासका विन्ध्यवासनी, तालबाराही जस्ता धार्मिक स्थलका साथै विश्वशान्ति स्तूप, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय लगायतका स्थल एवं पर्यटकीय गतिवधिनखुल्दा भने पर्यटक समस्यामा पर्ने गरेको तुलाचनले  बताउनुभयो

आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै पर्यटकीय स्थल एवं गतिविधि खुल्ला नगर्दासम्म पोखराको पर्यटन अपेक्षित चलायमानहुँदैन”, उहाँले भन्नुभयो, “पर्यटकीय गतिविधि बढाउनका लागि स्थानीय एवं प्रदेश सरकारले आवश्यक समन्वय गर्दै पर्यटकीय स्थल एवंगतिवधि तत्काल सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने देखिन्छ

पोखराको तालबाराहीसहित विन्ध्यवासिनी, भद्रकाली, गुप्तेश्वर महादेव गुफा धार्मिक पर्यटकीय स्थल हुन् भने यहाँका पातलेछाँगो, सेती नदीको गल्छी, महेन्द्र गुफा, चमेरे गुफा, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय दर्शनीय स्थल हुन् त्यस्तै लेखनाथ क्षेत्रकाबेगनास, रुपा, दीपाङ, मैदी, गुँदे जस्ता तालले पनि पर्यटकलाई आकर्षित गरेका छन् पछिल्ला समयमा पोखरा नजिकैको पुम्दीकोट, काहुँडाडा लगायतका स्थानमा धार्मिक पर्यटकीय गतिविधि बढ्ने गरी पूर्वाधार निर्माण कार्यले पनि गति लिएको

Comments
sp sp

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago