ओलीले झिकाए प्रदेशका आफ्ना योद्धाहरु कटुता झाँगिएपछि प्रचण्डलाई मनाउन

काठमाडौँसत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष कार्यकारी अध्यक्ष पुष्पकमल दाहालप्रचण्डसँग बढेको तिक्तताहटाउनका लागि अर्का अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओलीले आफ्ना पक्षका योद्धाहरुलाई प्रदेशबाट झिकाएका छन्।

फोटो फाईल

असहमतिका विषयहरुको चाङ लाग्न थालेपछि विगत दिनयता आफूसँग प्रत्यक्ष संवाद नगरेका प्रचण्डलाई मनाएर पुरानै अवस्थामाफर्काउन ओलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई काठमाडौँ झिकाईवार्ताका लागि परिचालनसमेत गरेका छन्।

ओली आफैले फोनमार्फत छलफलका लागि बालुवाटार आउन पटकपटक गरेको आग्रह अस्वीकार गरेका प्रचण्डलाई मनाउन उनलेआफ्ना विश्वास पात्रहरुलाई पहिलेझैँ यसपालि काठमाडौँ बोलाएर खटाएका हुन्।

मुख्यमन्त्री पोखरेल यसअघिको ओली प्रचण्डबीचको विवाद मिलाउन साउन ३० गते गठित महासचिव विष्णु पौडेलेको संयोजकत्वकोसमस्या समाधान सुझाव कार्यदलमासमेत सामेल थिए।

पौडेल पोखरेलले ओलीकातर्फबाट प्रचण्ड पक्षका तर्फबाट कार्यदलमा सामेल जनार्दन शर्मा पम्फा भुसाल, अर्का नेता माधवकुमारनेपालका तर्फबाट सामेल भीम रावल सुरेन्द्र पाण्डेसँग लगातार छलफल गरी सहमति बिन्दु पहिचान गरेका थिए।

Comments
sp sp

Recent Posts

लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको नाचघरमा स्थलगत र प्राविधिक कामहरू धमाधम

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको  स्थलगत र प्राविधिक कामहरू…

55 years ago

मिस्टर काठमाडौंको उपाधि जितेको ४ दिनमै प्रकाशको हृदयघातका कारण निधन

काठमाडौं, पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र…

55 years ago

नेपाली ब्यवसायी संघ जापानको दोस्रो अधिवेशनको तयारी पुरा ।

टोकियो । जापानमा नेपाली ब्यवसायीहरुको संस्था नेपाली ब्यवसायी संघ (NBA) जापानमाम दोस्रो अधिवेशनको तयारी अन्तिम…

55 years ago

सबिन राई एण्ड फारोजको समर्पण टुर लण्डन क्यानडामा कार्तिक १० गते हुने

लण्डन/  लण्डनको प्रतिष्ठित म्युजिक हलमा नेपाली गित र संगीतका बादसहा सबिन राई एण्ड फारोजको समर्पण…

55 years ago

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न टोकियो, जापानमा रहेका गुरुङ (तमु) हरु विच…

55 years ago

विज ग्लोबल विज एकेडमी द्वारा केयर गिभर SSW कार्यक्रम सम्पन्न

विज ग्लोबल (Wiz Globle ) विज एकेडमी (Wiz Academy) एवं योकोहामा वेलफेयर सिटी म्यानेजमेन्ट एसोसिएसन …

55 years ago