मानसिक अस्वस्थताका बिरामिले निम्त्याउने खतरा र परिवार सदस्यको भुमिका

गोपाल ढकाल ।
समाजमा कहिलेकाहीँ अकल्पनीय र दु:खद घटनाहरु घटने गर्दछन । यस्ता घटना घटनुको पछाडि धेरै कारणहरु हुन सक्छन । कहिले काहिँ मान्छेको मानसिक स्बास्थ्य अबस्था ठिक नहुदा पनि कहिलेकाहीँ यस्ता दु:खद घटना हुन पुग्छन । यस्तै दु:खद घटना मोरङको बेलबारीमा भएको छ। एक ३० बर्षिय ब्यक्तिले आफ्नी ५५ बर्षकी आमाको हत्या गरि आफुले पनि आफ्नो घाँटी आफैले रेटेर बीभत्स तरिकाले आत्महत्या गरे । यो घटनाको सूक्ष्म विश्लेषण गर्नु आवस्यक छ । अनुसन्धान बाट उनी जाँड रक्सिको दुर्ब्यसनी तथा मानसिक रोगी भएको पाईएको छ । बेला-बेलामा मानसिक रोगका कारण यस्ता दु:खद घटना हुँदा मानसिक रोगीहरु हिंसात्मक र डरलाग्दा हुन्छन् । उनीहरुलाई घर परिवार, समाजबाट ढाटा राख्नु पर्छ वा बाधेर राख्नु पर्छ भन्ने धारण आम मानिसहरुमा पाईन्छ । मानसिक सन्तुलन गुमाएको ब्यक्तिले कसैको हत्या गर्यो रे भन्ने समाचार सुन्दा वा देख्दा मानसिक रोगी हिंसात्मक नै हुन्छन् भन्ने हामीलाई लाग्न पनि सक्छ । तर सबै मानसिक रोगी हिंसात्मक हुदैनन् ।

उनीहरुले यस्तो घटना घटाउनुको पछाडि कसैलाई दु:ख दिन्छु, बदला लिन्छु भनेर जानिबुझि गरेका हुँदैनन् । उनीहरुमा यस्तो सोच्ने क्षमता पनि हुँदैन 

नरम खालको मानसिक समस्या भएका व्यक्तिले हत्या, हिंसा गर्ने सम्भावना हुँदैन् । कडा खालको मानसिक रोग लाग्दा भने शंका, अत्याधिक आबेग, सोचाईमा हुने मतिभ्रम (Delussion), हेराई र सुनाईमा हुने मित्थावास (Hallucination) का कारण अन्जानवस यदा कदा यस्ता घटना घटने पनि गरेका छन ।
विशेष गरि जाँड रक्सि तथा लागू औषधको दुरब्यसनी, तथा अन्य मानसिक रोगहरु जस्तो सिजोफ्रेनिया, मेनिया, अति रिस उठने रोग, डिलेरियम, डिमेन्सिया जस्ता रोगमा बिरामी कहिले काहीँ आबेगमा आएर हिंसात्मक व्यवहार देखाउन सक्छ ।
उनीहरुले यस्तो घटना घटाउनुको पछाडि कसैलाई दु:ख दिन्छु, बदला लिन्छु भनेर जानिबुझि गरेका हुँदैनन् । उनीहरुमा यस्तो सोच्ने क्षमता पनि हुँदैन् । यसको अपवाद असामाजिक व्यक्तित्व भएका (Psychopath) हरुमा भने बदलाको भावना हुन्छ उनीहरु सोचविचार गरिकन अपराध गर्ने गर्दछन । अपराध गरेकोमा उनीहरुलाई कुनै पछुतो पनि हुदैन ।
मानसिक समस्यामा परेको व्यक्तिबाट कुनै किसिमको अप्रिय घटना नहोस् भनेर घर परिवारका सदस्यले विशेष ध्यान पुर्‍याउनुपर्छ । बिरामीले अरुलाई मात्र होईन आफुलाई पनि खतरामा पर्न सक्छ ।
परिवारले ध्यान दिनुपर्ने कुरा :
१) कडा खालको मानसिक रोग लागेको ब्यक्तिलाई म रोगी छु मैले उपचार गर्नु्पर्छ भन्ने ज्ञान नहुन सक्छ । यस्तो अबस्थामा फकाई फुलाई अस्पताल लैजानुपर्छ ।
२) उनीहरुसँग विवाद, झर्को फर्को गर्नु हुँदैन् । औषधी खान नमान्दा फकाएर खुवाउनुपर्छ ।
३) बिरामी र परिवारलाई असुरक्षाको महसुस भएमा अस्पतालमा भर्ना गर्नुपर्छ ।
४) उनीहरुसँग ठूलो स्वरले बोल्ने, ईशाराले बोल्ने, आँखामा आँखा जुधाएर बोल्ने गर्नु हुँदैन् ।
५) मानसिक रोगीले भेट्ने गरी हात हतियार, धारिले वस्तु, डोरी लगायतका सामान राख्नु हुँदैन् ।
६) विरामी उत्तेजित भएका बेला रेडियो, टिभि बन्दगर्नु पर्छ ।
७) आफुलाई खतरा महसुस भएमा तुरुन्त रोगीबाट टाढा जानुपर्छ ।

(लेखक मनोविद हुन, मार्क नेपाल मनोसेवा केन्द्रमा आबद्ध छन ।)

Comments
bhabindra gautam

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago