नेपालमा एकैदिन ३ हजार ३८ जनाले जिते कोरोना

२०७७, १३ कार्तिक बिहीबार १२:३९

काठमाडौं कार्तिक १३ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना कोरोना संक्रमणमुक्त भएका छन्।

फाइल फोटो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहिबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ हजार ३८ जनाले कोरोनालाई जितेको जानकारी दिए ।

यससँगै नेपालमा कोरोना जित्नेको संख्या एक लाख २४ हजार ८६२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २,३६४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।  यससँगै कोरोना संक्रमितको कुल संख्या एक लाख ६४ हजार सात सय १८ पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा १७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।  योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९०४ पुगेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु