फोटो फाईल
प्युठान,नगर प्रमुख कोषबाट यहाँका विपन्न समुदायलाई मिल उपहार दिइएको छ । प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिलेआफ्नो मासिक पारिश्रमिकबाट स्थापना गरिएको कोषबाट नगरपालिकाका चार विपन्न समुदायला मिल सहयोग गर्नुभएको हो ।
प्युठान–८ धर्मावती, बाङ्गेका करीब ४० घरधुरी रहेका दलित समुदायलाई बुधबार मिल वितरण गरिएको हो । नगर प्रमुख कक्षपतिकाअनुसार नगरका तीन वटा वडाका माझकोट, धर्मावतीको बाङ्गे, तिखाचुली र जुम्रीका दलित समुदायलाई मिल उपलब्ध गराइएको हो। विपन्न तथा पछाडि परेका समुदायको उत्थानका लागि नगरपालिकाले पहिलो प्राथमिकता दिएको जनाउँदै नगर प्रमुख कक्षपतिलेभन्नुभयो, “जनताका सपना पूरा गर्न बाँकी छ, हामी जनमैत्री शासनको अभ्यासमा सक्दो प्रयास गरिरहेका छौं।”
कुटानीपिसानीका लागि दैनिक चार घण्टा बढी खर्चिनुपर्ने बाध्यता टर्ने स्थानीयवासीले बताएका छन् । विद्यालय छुटाएर नातिनातिनालाईमिलमा पठाउनुपर्ने बाध्यता हटेको ६५ वर्षीया पिमा नेपालीले बताउनुभयो ।
त्यसैगरी नगर प्रमुख कक्षपतिले आफ्नो पारिश्रमिक कटाई संकलन गरेको प्रमुख कोषबाट रु एक लाख ४८ हजारको कम्बाइन मिलउपहार प्रदान गर्नुभएको छ । उहाँले धर्मावतीको दम्तीमा मन्दिर निर्माणका लागि रु २५ हजार, वडा नं १ तल्लो क्वाडीको प्रतीक्षालयकालागि रु २५ हजार, वडा नं ४ विजुवार हल्दीखोला निवासी विपन्न तथा रोगी चत्तुरसिं नेपालीलाई औषधोपचारका लागि रु ४० हजार पनिसहयोग गर्नुभएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…