काठमाडौं । प्रहरीले ब्रोइलर कुखुराको चल्लालाई रङ लगाएर लोकल भन्दै बिक्री गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले मंगलवार कलंकीबाट चार जनालाई नियन्त्रणमा लिएको वृत्तका डीएसपी अपिल बोहोरले जानकारी दिए।
‘उनीहरुले सस्तोमा ब्रोइलर कुकुराको चल्ला ल्याउने अनि रंग लगाएर लोकल भन्दै महँगो मूल्य लिएर बिक्री गर्ने गरेको देखियो,’ डीएसपी बोहोराले भने।
प्रहरीले काठमाडौं जैसवाल पोल्ट्री सप्लायर्स संचालक प्रमेशिला देबी, वकिल खान,चन्द्रादेवी साह र गुन्जा भन्नेलाई नियन्त्रणमा लिएको हो। उनीहरुले विभिन्न स्थानबाट रंग लगाएर बेच्न राखेको कुखुराका चल्ला समेत बरामद गरेको छ। प्रहरीले रंग लगाएको ३ हजार ६ सय ५० वटा र नलगाएको २४ हजार ९ सय ५० वटा चल्लाहरु बरामद गरेको डीएसपी बोहोराले जानकारी दिए।
उनीहरुले चितवनको अबिनास मोडर्न ह्याचरीबाट कुखुराको चल्ला ल्याएर रंग लगाइ महँगो मूल्यमा बेच्ने गरेको उजुरी परेपछि पक्राउ गरिएको हो।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…