पाल्पा । समुदाय स्तरमा कोरोना संक्रमण पुष्टि भएको पाल्पामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार तिनाउ गाउँपालिकाका ६ पुरुषमा कोरोना संक्रमण देखिएको हो । भारत तथा अन्य स्थानबाट आएर क्वारेन्टाइनमा बसेका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
समुदायस्तरका ३ सहित कोरोना संक्रमितको कुल संख्या ५ सय ७९ पुगेको छ । शुक्रवार लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा तानसेन ८ कि महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । उनको मृत्युु पछि पाल्पामा कोरोना संक्रमण बाट मृत्यु हुने को संख्या २ पुगेको हो ।
कोरोना संक्रमितमध्ये ५ सय ६१ जना निको भएर घर फर्किएका छन । संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय पाल्पाले गत भदौ ५ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । पहिलो चरणमा १२ गते रातिसम्मको लागि जारी निषेधाज्ञालाई थपेर १९ गतेसम्म पुर्याइएको छ । शनिबारदेखि जिल्लामा प्रबेश गर्ने नाकाहरुमा थप कडाई गरिएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…