जापानी प्रधानमन्त्री सिन्जो आबेद्वारा राजीनामा, आफुले गर्न नसकेका कार्यहरुप्रति माफी मागे ।

२०७७, १२ भाद्र शुक्रबार १५:०६

टोकियो । प्रधानमन्त्री आबेले पत्रकार सम्मेलन्को आयोजना गर्दै औपचारिक रुपमा राजीनामा दिएका छन । स्वास्थ्य अवस्था खराब बन्दै गएकाले राजीनामा दिनुपरेको बताएका छन । नियमित औषधी खाने र अस्पाताल गइराख्न पर्ने भएकाले १ बर्ष कार्यकाल बाँकी छदै राजीनामा दिनु परेको प्रष्ट परेका छन । मैले गरेका केही प्रतिबद्दताहरु बाँकी थिए तर स्वास्थ्यका कारणले राजीनामा दिन पर्‍यो पत्रकार सम्मेलनमा आबेले भनेका छन यसका लागि मेरा जनता सँग माफि माग्न चाहन्छु ।
जापानी इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पदभार सम्हालेका सिन्जो आबेको ठूलो आन्द्राको ‘Ulcerative Colitis’ नामक रोग छ । उनले आफुलाई पूरानो रोगले दुःख दिएकाले आफ्नो अबस्थाले जापानको राष्ट्रिय राजनीतिमा असर नपरोस भन्ने हेतुले राजीनामा दिने निर्णय गरेको बताए ।

उनले आफ्नो कार्यकालमा जापानी जनताको सहयोगले यहाँको अर्थतन्त्र, विकाश तथा कुटनीतिक सम्बन्धलाई कायम राख्न सकेको कुरामा स्न्तोष व्यक्त गरे, आफुले गर्न नसकेका कार्यहरुप्रति माफी मागे ।

Comments

ताजा खबर