नवलपुरका युवानेता श्रेष्ठ तरुणदल केन्द्रीय बिभागको सचिबमा मनोनयन ।

नारायण प्रभु , साउन-१३ नवलपुर ।  नवलपुर कावासोतीका युवानेता श्याम श्रेष्ठ नेपाली काङ्ग्रेस तरुणदल बिभागको केन्द्रिय सचिबमा मनोनयन हुनुभएको छ।आज तरुणबिभागको केन्द्रिय कार्यालय काठमाण्डौमा भएको कार्यक्रममा बिभागका अध्यक्ष शंकर भन्डारीले श्रेष्ठलाई मनोनयपत्र हस्तान्तरण गर्नुभएको हो।

नेपाली काङ्ग्रेसका महासमिती सदस्य समेत रहनु भएका श्रेष्ठ २०७७ जेठ १७ गते तरुण बिभागको केन्द्रिय सदस्यमा मनोनयन हुनुभएको थियो भने आजबाट उहाँले केन्द्रीय बिभागको सचिबालयको जिम्मेवारी सम्हाल्नु भएको छ। मनोनयनपत्र बुझे लगत्तै हामीसँगको कुराकानीमा श्रेष्ठले अब नेपाली काङ्ग्रेस भित्र रहेका गुटउपगुटको अन्त्य गर्दै सबैलाइ एउटैमालामा उनेर समग्र देशको हितकालागि पार्टिलाइ सक्रिय बनाउन आफुले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयो। साथै अभिभावक बिहिन जस्तै बनेका समग्र तरुणहरुको अभिभावक बनेर देशभरीका युवाहरुलाई मार्गनिर्देशन गर्दै नेपाली काङ्ग्रेस सम्पुर्ण युवाहरुको पबित्र घर हो भन्ने महसुस दिलाउन आफुले नयाँ कार्ययोजना बनाएर अघि बढ्ने समेत उहाँले बताउनु भएको छ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago