दु:खको बेला स्थानीय सरकार, कृषि एम्बुलेन्स बन्यो कृषकको सहारा

सन्ताेष गहतराज, पाल्पा, बैशाख १५ । पाल्पा बग्नासकाली गाउँपालिकाले गाउपालिकामा कृषि एम्बुलेन्स सञ्चालन गरे पछि कृषक तथा उपभोक्ता खुशी भएका छन । कृषकले उत्पादन गरेकाे तरकारी गाउँपालिकाले खरिद गरी उपभोक्ता सम्म पुग्याए पछि काेराेनाकाे प्रभावले नबिकेका तरकारी बेच्न पाउँदा कृषकहरू एक तर्फ खुशी छन भने अर्को तर्फ उपभोक्ताले बजार मुल्य भन्दा कम मुल्यमा आफनाे ठाउँबाट उत्पादन भएकाे ताजा तरकारी टाेलटाेलमा कृषि एम्बुलेन्स मार्फत खरिद गर्न पाउँदा उपभोक्ताहरू खुशी छन । गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनकाे अवधिमा कृषकहरूकाे खेतबारीमा बिक्री नभएको ताजा तरकारी २२ क्वीन्टल काक्रा,१८ क्वीन्टल बन्दा गाेपी,२ क्वीन्टल हरियो साग तथा टमाटर,३ क्वीन्टल सिमी गाजर लगाएतका तरकारीको कृषि एम्बुलेन्स मार्फत गाउँपालिकाकाे विभिन्न क्षेत्रमा बिक्री वितरणकाे काम सम्पन्न गरिसकेको गाउँपालिकाका कृषि शाखा प्रमुख राजेश बाेहाेराले बताउनु भयाे । अहिले गाउँपालिकाले कृषककाे खेतबारी मै पुगी तरकारी उठाउने,प्याकेजीङ तथा ढुवानी रकम गाउँपालिकाले व्याेहाेरेकाे तथा बिक्री वितरणका क्रममा तरकारी बिक्री नभए साे तरकारीको रकम गाउँपालिकाले भुक्तानी गर्ने तथा लकडाउनकाे समयमा कृषकहरूले उत्पादन गरेकाे तरकारी बिक्री वितरण र बजारीकरणकाे समस्या आएकाेले याे सेवा सञ्चालन गरिएकाे गाउपालिकाका प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठले बताउनुभयो । गाउँपालिकाले पालिका भित्रका कर्मशिल किसान उत्पादन गरेकाे कृषि जन्य उत्पादन बिक्री लागि गाउँपालिकाले प्रयाप्त बजार नभएको कारण यस्तो प्ररकारकाे सेवा सञ्चालन गरिएकाे गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनु भयाे ।

काेराेना भाइरसकाे कारण बन्दाबन्दी भए पछि कृषकहरूले उत्पादन गरेकाे तरकारी विक्री नभएकाे गुनासो आएपछि गाउँपालिकाले कृषकको खेतबारीमा नै गई कृषि एम्बुलेन्स मार्फत पालिकाका नागरिकहरूकाे घरघरमा कृषकहरूसँग खरिद गरिएको मुल्यका उपभोक्ता सम्म पुग्याएकाे र गाडी भाडा तथा ढुवानी खर्च गाउपालिकाले बाेहाेरेकाे अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनु भयाे । गाउँपालिकाले कृषकले उत्पादन गरेकाे बाेईलर कुखुरा पनि बिक्री नभएको भन्ने गुनासाे आए पछि अहिले कुखुराको बिक्री वितरण पनि गाउँपालिकाले समन्वय गरि बिक्री गरेकाे बताउनु भयाे । त्यस्तै अध्यक्ष बस्यालले कृषकले उत्पादन गरेकाे दूध पनि बिक्री नभएको गुनासो अाए पछि बिक्री लागि समन्वय गर्न गरि बिक्री वितरण गर्ने प्रयास गरेकाे र कृषकले शुरू शुरू शुरूमा बिक्री गर्न कठिन भएको र अहिले गाउँमा बिक्री हुने बताएकाेले बताउदै कृषकले उत्पादन गरेकाे दूध उत्पादन बिक्री नभएमा गाउँपालिकाले समन्वय गरि बिक्री वितरण गर्ने बताउनु भयाे । अहिले गाउँपालिकाले लकडानकाे बेलामा मात्र नभई अन्य बेलामा पनि याे सेवालाई निरन्तरताका लागि विकल्प खाेजी गरेकाे र अब गाउँपालिकाले गाउँपालिकामा कृषि सहकारीहरू मार्फत सञ्चालन हुने गरि यस्ताे प्रकारकाे सेवा दिने बारे सरकारवालाहरूसँग छलफल अगाडि बढाएउने याेजना बनाएकाे अध्यक्ष बस्यालले बताउनु भयाे ।

Comments
bhabindra gautam

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago