Categories: समाचार

तीन हजार किमी सडक आवधिक मर्मत गरिने

काठमाडौँ। सडक विभागले देशभरका मुख्य राजमार्गमा तीन हजार ३०० किमी सडकमा आवधिक मर्मतको काम गर्ने भएको विश्व बैंककोआर्थिक सहयोगमा देशभरका मुख्य सडक (कोर रोड नेटवर्क) मा मर्मत गर्न लागिएको हो

आगामी पाँच वर्षमा मर्मत गरिसक्ने गरी सम्झौता भएको  विभागले जनाएको सवारी साधनको चाप बढी भएका सडकमा मर्मत गर्नलागिएको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताउनुभयो उहाँका अनुसार पूरै बिग्रिएर पुनःस्थापना गर्ने सडकभन्दा पनिनिर्माण भएको केही वर्ष भएकाले मर्मत चाहिने सडक छनोट गरिनेछ उहाँले भन्नुभयो, “सडकअनुसार फरकफरक किमिमको मर्मतचाहिन सक्छ

सडक बोर्ड नेपालले वार्षिकरुपमा गर्दै आएको मर्मतभन्दा फरक सडकमा मर्मत गर्न लागिएको हो सो मर्मतमा सडकको एक तह थप हुनेअधिकारीले बताउनुभयो सामान्यतया सडक निर्माण गरिएको पाँच÷ वर्षमा मर्मत गर्नुपर्ने हुन्छ कतिपय सडक त्यसभन्दा धेरैवर्षसम्म मर्मत हुन नसकेकाले अहिले गर्न लागिएको हो अहिले मर्मत गर्न लागिएको सडकमा मुग्लिननागढुङ्गा सडक, कमलाढल्केबर सडकलगायत छन्

स्थानीयस्तरमा समन्वय गर्ने काम डिभिजन सडक कार्यालयहरुले गर्नेछन् गत असारमा सम्झौता भएकामा सो काम आगामी २०८२सम्ममा मर्मत गर्नुपर्नेछ यसको लागत झण्डै रु आठ अर्ब रहनेछ

Comments
sp sp

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago