कोरोना भाइरससँग जुध्नका लागि एउटै सर्त हो ,सन्तुलित भोजन डा. हेमराज कोइराला

हाम्रो शरीर एउटा जीवन्त ईकाई हो । यसले आफूलाई जीवन्त कायम राख्ने क्रममा दैनिक अनेकौं जीव एवं सूक्ष्म–जीवहरूको आक्रमण सहन गर्नु पर्दछ । सूक्ष्मजीवहरूको आक्रमण सँग लड्नकालागि हाम्रो शरीरमा छुटै प्रणाली छ जसलाई हामी प्रतिरक्षा प्रणाली भन्दछौँ । प्रतिरक्षा प्रणालीले हाम्रो शरीरलाई ब्याक्टेरीया, भाईरस, ढूशी एवं परजीवीहरूबाट हुने आक्रमणबाट बचाउँदछ ।

कोरोना भाइरस कसरी नियन्त्रणमा आउनेछ भन्ने कुरा रहस्यनै छ ।कोरोना भाइरस विरुद्ध हाल सम्म कुनै खास औषधि र खोप उपलब्ध छैन । यद्यपि जसको प्रतिरक्षा प्रणाली बलियो छ उसलाई यो रोगले उति धेरै ग्रसित बनाउन सक्दैन । मृत्युको जोखिम पनि रहँदैन ।

कोरोना भाइरससँग जुध्नका लागि एउटै सर्त हो, प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनु ।यसको ठीक विपरित प्रतिरक्षा प्रणाली कमजोर भएकाहरूलाई यो रोगले बढी नै सताउने एवं ज्यानै पनि जान लिने जोखिम रहन्छ ।

प्रतिरक्षा प्रणाली भोजन, व्यायाम र विश्राम, विचार एवं व्यावहारको सन्तुलित एवं समूचित उपयोगले बलियो बन्दछ । प्रतिरक्षा प्रणाली बलियो भएको खण्डमा कोरोना भाईरस रोगलाई समेत सजिलै जित्न सकिने हुनाले यो रोग लागेकाले वा संभावित जोखिममा भएकाहरुले निम्न लिखित खानेकुरा हरूलाई आफ्नो खानामा समावेश गर्नु उपयुक्त हुन्छ ।

डा. हेमराज कोइराला

१. अमिला फलफूलः कागती, अमला, मौषमी, जुनार, भोगटे, निबुवा, बिमीरो र सुन्तला जस्ता अमिला फलफूलमा प्रचूर मात्रामा भिटामिन सी पाईन्छ । भिटामिन सी प्रतिरक्षा प्रणालीका कोषहरू उत्पादनका लागि आवश्यक यौगिक हो । रूघामर्की, सर्दी,चिसोको एलर्जी, झाडापखाला, न्यूमोनिया, औलो ज्वरो जस्ता रोगहरूलाई चाडो टिक गर्न पनि भिटामीन सी ले महत्वपूर्ण भूमिका खेल्दछ ।

२.लसूनः लसुनको औषधिय एवं रोग प्रतिरोधक गुणलाई थाहा पाएर नै हाम्रा पिता पुर्खाहरूले औषधि एवं  मसलाको रूपमा युगां देखि प्रयोग गर्दै आएका हुन् । रुघा लाग्दा, चिसोले सताउँदा, पाचन क्षमतामा गडबडी हुदाँ लसूनको प्रयोग गर्ने गरेको पाइन्छ । यसरी औषधिय गुुुण हुनुमा लसुनमा विद्यमान क्याल्सियम, पोटासियम, एण्टि–अक्सिडेण्ट र सल्फर कम्पाउण्डहरू पाईन्छन । यी सल्फर कम्पाउण्डहरूले सूक्ष्मजीवहरूको आक्रमणलाई निस्तेज गर्न महत्वपूर्ण भूमिका खेल्दछ तर यी कम्पाउण्डहरू तापको प्रयोगले नष्ट हुनेखालका भएकाले काँचो लसूनको प्रयोग पकाएको भन्दा उत्तम हो । यसका अवावा लसूनले उच्चरक्तचाप कमगर्न, कालेस्टेरोल सन्तुलित राख्न एवं परजीवीहरू नष्ट गर्न मद्दत गर्दछ ।

३. अंकुरित गेडागुडीः अंकुरित गेडागुडीलाई अमृत भोजन पनि भन्ने गरिन्छ । स्वास्थ्यलाई लाभ पु-याउने अनेकौ तत्वहरू भएकै कारणले यसलाई अमृत समान मानेर अमृत भोजन भनिएको हो । अंकुरित गेडागुडीमा प्रसस्त मात्रामा एण्टिअक्सिडेण्ट पाईन्छ । एण्टिअक्सिडेण्टले भाईरस संक्रमण पछि क्षतिग्रस्त भएको कोषहरूको पुनर्निर्माण गर्ने गर्दछ । यसैगरी अंकुरित गेडागुडीमा नउम्रिएको गेडागुडी भन्दा धेरै मात्रामा प्रोटिन, फोलिक अम्ल, एमाईनो अम्ल, भिटामिन सि, भिटामिन के, म्याग्नेसियम, फस्फोरस, म्याग्निज जस्ता खनिज तत्वहरू पाईन्छन् । यी तत्वहरूको प्रयोगले कोरोना भाईरसको संक्रमण कम गर्न सहयोग गर्दछ ।

४. ब्रोकाउलीः ब्रोकाउली भिटामिन ए, बी, सी, ई एण्टिअक्सिडेण्ट, रेशा एवं चोकर र खनिज एवं लवणहरूले भरपूर तरकारी हो । ब्रोकाउलीमा प्रचूर मात्रामा (१०० ग्राममा ८९ मि.ग्रा.) भिटामिन सी पाइने हुदाँ यसले प्रतिरक्षा प्रणालीको विकासमा खास सहयोग गर्छ ।

 ५. पालङ्गो :पालुङ्गो हरेक भान्सको चाहना हो । प्रचूर मात्रामा भिटामिन ए, बी कम्प्लेक्सेस, सी, आईरन, म्याग्निसियम, पोटासियम जस्ताखनिज एवं लवण हरूले भरपूर पालुङ्गो एण्टिअक्सिडेण्टको राम्रो श्रोत पनि हो । यी द्रव्यहरूले प्रतिरक्षा प्रणालीका कोषहरूलाई सक्रिय बनाउन मद्दत गर्दछ । ब्रोकाउली जस्तै पालुङ्गोमा भएका द्रव्यहरू पनि तापले नष्ट हुने खालका भएकाले यसलाई पकाउँदा कम तापमा पकाउनु पर्ने हुन्छ ।

६. स्याउ: स्याउलाई फलहरूको राजा त्यसै भनेको होइन । स्याउमा अनेकौ प्रकारका सूक्ष्म पोषक तत्वहरू छन् । भिटामिन ए, बी, सी का अलावा स्यााउमा घुलनशिल रेशा एवं एण्टिअक्सिडेण्टहरू पनि पाईन्छ । स्याउमा पाइने पेक्टिन नामक घुलनशिल रेशाले पेटमा विद्यमान राम्रा ब्याक्टेरियाहरुलाई पोषण प्रदान गर्दछ जसले पेटमा हुने संक्रमणसंग लड्ने एवं प्रतिरक्षा प्रणालीको कोषहरूको कार्य कुशलतामा सहयोग गर्छ ।

७. फर्सीको बियाँः फर्सी हाम्रो भान्साका लागि नौलो तरकारी हैन । तर हामीले फर्सीको बियाँ खाने गरेका छैनौं । वास्तवमा फर्सी भन्दा फर्सीको बियाँ कयौ गुण पौष्टिक छ । फर्सीको बियाँमा प्रचूर मात्रामा प्रोटीन, खनिज, लवण, एण्टिअक्सिडेण्ट, ओमेगा ६ फ्याट्टी अम्ल, भिटामिन ई जीङ्क, कपर, म्याग्निस एवं म्यागनेसियम पाइन्छ । यी तत्वहरूले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँदछ ।

८. बदामः बदाम भिटामिन ई ले भरपुर द्रव्य हो । भिटामिन ई प्रतिरक्षा प्रणालीका लागि आवश्यक तत्व हो ।

९. मेवाः मेवा भिटामिन सी र भिटामिन ए ले भरपुर फलफूल हो । एउटा मध्यम आकारको मेवामा हाम्रो शरीरलाई दैनिक चाहिने भन्दा डेढ गुणा ज्यादा भिटामिन सी पाईन्छ । भिटामिनका अलावा मेवामा माछामासुमा पाईने कठिन प्रोटिनलाई पचाउन सक्ने प्यापिन नामक ईन्जाइम पनि पाईन्छ । मेवामा पोटासियम, भिटामिन ए, भिटामिन बी कम्प्लेक्सेस र फोलिक अम्ल पनि पाईन्छ । यी सबै भिटामिन, खनिज, लवण एवं एण्टीअक्सीडेण्टले प्रतिरक्षा प्रणालीलाई सबल एवं मजबुत बनाउन एवं भाईरस संक्रमणलाई निस्तेज गर्न सहयोग गर्दछ ।

१०. रातो भेडे खोर्सानीः हामी सबैले अमिला फलफूल  भिटामिन सी को राम्रो श्रोतको रूपमा बुझेका छौं तर अमिला फलपूmल भन्दा रातो भेडेखोर्सानीमा भिटामिन सी को मात्रा दोब्बर हुन्छ भन्ने तथ्य धेरैलाई थाह नहुन सक्छ । भिटामिन सी का अतिरिक्त रातो भेडेखोर्सानी बीटा क्यारोटीन, क्यालसियम, म्याग्नेसियम, भिटामीन बी कम्प्लेक्सेसको पनि राम्रो श्रोत हो । यी द्रव्यहरूले प्रतिरक्षा प्रणालीलाई मजबुत गर्न सहयोग गर्दछ ।

११. अदुुवाः घाटी दुख्दा, जोर्नी दुख्दा, घाउ खटिरा आउँदा, प्रदाह एवं शोथ ग्रस्त हुँदा अदुवाको प्रयोग सदियौंदेखि हुँदै आएको हो । अदुवामा जिन्जीरोल नामक यौगिक पाईन्छ । जिन्जीरोलले दीर्घकालिन पीडा कमगर्नुका साथै प्रदाह एवं शोथलाई पनि कम गर्न मद्दत गर्दछ ।

१२.ग्रीन टि: ग्रीन टिको सेवनले प्रतिरक्षा प्रणालीलाई सवल बनाउँछ । यसमा पर्याप्त एन्टिअक्सिडेन्ट र एपि-ग्यालो-क्याटाचिन-ग्यालेट नामक द्रव्य पाईन्छ । यी दुबै  द्रब्यहरू प्रतिरक्षा प्रणालीलाई मजबुत गर्नका लागि आवश्यक तत्वहरू हुन । साथै अन्य जडिबुटी चिया पनि उपयुक्त हुन्छ ।

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago