भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

दमौली । जग्गाधनी प्रमाणपुर्जा नभएका तनहुँका २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ । अव्यवस्थित जग्गामा बसोबास गर्दै आएका र विसं २०७२ को भूकम्पले घर क्षति भएका घरधुरीलाई स्थायी घर बनाउन उनीहरु बसोबास गरेकै ठाउँको जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने तयारी छ ।

संघीय सरकारको मन्त्रिपरिषद्को निर्णयानुसार त्यस्ता भूकम्प पीडितलाई स्थायी आवास बनाउन जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन लागिएको हो । तनहुँमा जग्गाधनी प्रमाणपुर्जा नभएका भूकम्प पीडितको संख्या धेरै भए पनि पहिलो चरणमा २७ घरधुरीलाई लालपुर्जा उपलब्ध गराउन लागिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए ।

उक्त कार्यका लागि प्रतिनिधिसभाका सदस्यको संयोजकत्वमा समिति गठन गरिएको छ । जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदले ६/६ महिना संयन्त्रको संयोजकको भूमिका निर्वाह गर्नेछन् । सोहीबमोजिम असोजदेखि आगामी ६ महिनाका लागि तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठ उक्त समितिको संयोजक बनेका छन् ।

सांसद श्रेष्ठका संयोजकत्वमा केही दिनअघि बसेको २७ घरधुरी बैठकले भूकम्प पीडितलाई स्थायी आवास निर्माणका लागि प्रमाणपुर्जा उपलब्ध गराउने निर्णय गरेको थियो । बाँकी जग्गाधनी प्रमाणपुर्जा नभएका घरधुरीलाई पनि क्रमशः पुर्जा उपलब्ध गराइनेछ ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago