भान्छेमा कोरोना देखिएपछि प्रधानसेनापति थापा होम क्वारेन्टिनमा

२०७७, ११ आश्विन आईतवार ०९:२१

११ असोज, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारदेखि होम क्वारेन्टिनमा बसेका छन् ।

फाइल फोटो

प्रधानसेनापति थापा निवासको भान्छामा कार्यरत एकजना सदस्यमा शनिबार कोरोना पोजेटिभ देखिएपछि उनी होम क्वारेन्टिनमा बसेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको निर्देशिका र मापदण्ड अनुसार स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै प्रधानसेनापति थापा होम क्वारेन्टिनमा बसेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु