भुकम्प पिडितको राहत सामाग्री दरबारमा थन्कियो

सन्तोष गहतराज, पाल्पा । २०७२ साल बैशाख १२ गते गएको भुकम्प पिडितहरूको लागि आएको राहत सामाग्रीहरू खाधान्न, लत्ताकपडा, त्रिपाल लगाएतका सामाग्री अहिलेसम्म पाल्पा दरबार भित्रै थन्किएको छ । भुकम्प पिडितको लागि आएको खाधान्न तथा लत्ताकपडा दरबारमा नै कुहिदै गएको छ । विनासकारी भुकम्पले देशका धेरै ठाउहरूमा धनजनको क्षतीहुदा पाल्पामा पनी भौतिक रुपमा ठुलो क्षती भएको थियो ।

सोही समयमा भुकम्प पिडितका लागि आएका खाधान्न, लत्ताकपडा, त्रिपाल लगाएतका सामाग्री भुकम्प पिडितलाई वितरण नगरी पाल्पा दरबारमा नै सिमित रहेको छ । पिडितका लागि आएका राहतका सामाग्रीहरू उनिहरुले पाउन नसकेको गुनासो गर्छन ।बन्द कोठा भित्र खाद्यवस्तु कुहिदा समेत कोठा खोलिएको छैन । सबै राहतका सामाग्रीहरू बन्द कोठामा राखिएको छ । भुकम्पको बेला कतिपय नागरिकहरू भोक भोकै बस्नु पर्याे भने कतिपय घरबार बहिन नागरिकहरू खुला आकाश मुनि बस्नु पर्याे तर ती भुकम्प पिडितहरूका लागि आएको राहत सामाग्री आंशिक रुपमा बितरण गरी केही सामाग्री पाल्पा दरबारको कोठा भित्र राखिएको छ । विभिन्न संघ संस्थाहरुले दिएको राहत ६ बर्ष विति सक्दा पनि दरबार भित्र नै सिमित रहेको छ ।

यस विषयमा पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले भुकम्प पिडितका लागि आएको केही त्रिपाल, तथा लत्ताकपडा वाकी रहेको खाधान्य भने वाकी नरहेको प्रजिअ न्यौपानेले दाबि गर्नुहुन्छ । बाकी रहेका सरसमान विपद व्यवस्थापन समितीको बैठकबसी निर्णय गरि बितरण गर्ने प्रजिअ न्यौपानेको भनाई छ ।
भुकम्प पिडितका लागि आएको राहत कहिले विपद व्यवस्थापन समिति बैठक बसेर वितरण गर्ने हो त्यस्को भने टुङ्गो लाग्न सकेको छैन ।


विभिन्न क्षेत्रबाट संकलन गरेका राहत सामग्री समयमा वितरण नहुदा पिडितहरु पिडामा नै बस्न बाध्य छन भने खाद्यान्न र राहतका सामाग्री कुहिन थालेका छन । यि सामाग्रीको समयमै ब्यवस्थापन हुन आवस्यक रहेको छ ।

Comments
Sanjay poudyal

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago