किसानले पाएनन् अनुदान रकम

गलकोट। किसानलार्ई अनुदानको रकम लिन प्रक्रियागत, प्राविधिकगत ज्ञान तथा समस्याका कारण मुस्किल पर्ने गरेको अनुदान पाए पनि  कागजात मिलाउन नसक्दा कृषि कार्यालयबाटै ठगिनुपरेको उनीहरुको गुनासो

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जोन म्याग्दीअन्तर्गत बागलुङका तीन जना सुन्तला किसान ग्रिनहाउस बनाउन गतआर्थिक वर्षमा रु १२ लाखका दरले अनुदान पाउने सूचीमा परेका थिए सूचीमा परे पनि अहिलेसम्म रकम नपाएको उनीहरुको गुनासो ती किसानले सुन्तला जोनअन्तर्गत ५० प्रतिशत किसान ५० प्रतिशत सुन्तला जोनको लगानीमा सुन्तलाका बिरुवा उत्पादन गर्नेनेटहाउस निर्माण गर्न अनुदान पाएका थिए    उनीहरुले भुक्तानीमा कार्यालयले ठगेको आफूहरुलाई आरोप लगाएका छन् 

काठेखोला गाउँपालिका का थानेश्वर कँडेलले रु १२ लाखमा ५० प्रतिशत आफ्नो ५० प्रतिशत सुन्तला जोनको लगानीमा सम्झौतागरेको,  दुईवटा आधुनिक नेटहाउस निर्माण गरेको   रु तीन लाख ८१ हजार पाएको जानकारी दिनुभयो रु १२ लाखको काममाराज्यले जम्मा रु लाख बेहोर्छ, त्यसमाथि भुक्तानीमा विभिन्न बाहना गरेर पैसा घटाउँदा ऋणमा डुब्न थालियो”, उहाँले भन्नुभयो, “गतआव जेठ २५ गते सम्झौता गर्ने कार्यालयले असार १५ मै खाता बन्द गर्दा हामी समस्यामा परेका छौँ उहाँले सम्झौताअनुसार टनेलनिर्माण गर्दा रकम कटौती भएको गुनसो गर्नुभयो उहाँका अनुसार दुई नेटहाउसमा अहिले १२ हजार सुन्तलाका बिरुवा तयारी अवस्थामाछन्

जेठमा सम्झौता भएको कार्यक्रम असार २५ मा सम्पन्न गर्दासमेत भुक्तानी घटेर आयो”, किसान कँडेल भन्नुहुन्छ सिगानाका किसानहरिबहादुर क्षेत्रीले रु १२ लाखको योजनामा जम्मा रु एक लाख ६० हजारमात्रै भुक्तानी प्राप्त गरेको जानकारी दिनुभयो कोरोनालेजताततै ठप्प थियो, यस्तो अवस्थामा नेटहाउसका सामग्री माग गर्दा केही समय लागेको थियो”, उहाँले भन्नुभयो, “असार मसान्तभित्रैकाम सक्ने गरी सामग्री घरमा आइसकेको थियो   उहाँहरुले काम नगरेको जनाउँदै रकम कटौती गर्नुभयो उहाँले सम्झौतामा दुईवटानेटहाउस भए पनि अनुदान कटौती भएपछि एकमात्रै बनाउनुभएको एउटा नयाँ अर्को मर्मतसम्भार गरी दुईवटा नेटहाउस रु आठलाखमा निर्माण गरेको भए पनि अनुदान जम्मा रु एक लाख ६० हजार पाउँदा ऋणमा डुबेको उहाँको भनाइ गत जेठ २५ मा सम्झौतागर्न बोलाउने कार्यालयले गत असारको १५ गते नै सम्पन्न खोजेको बताइएको   सुन्तलाका बिरुवामा आत्मनिर्भर बनाउन नेटहाउसनिर्माण गर्ने सुन्तला जोनको लक्ष्य रहेको जनाइएको

यस्तै चार वर्षअघि जिल्ला कृषि विकास कार्यालयबाट रु २१ लाखको अनुदान कार्यक्रम पाएर तीनवटा नेटहाउस बनाएका बागलुङनगरपालिका१० भकुण्डेका किसान समूहले जम्मा रु पाँच लाख प्राप्त ¥यो अन्य टनेल बनाउँदाको ऋण समूहको थाप्लोमा रहेको दहकृषि किसान समूहका उपाध्यक्ष सुशील थापाले गुनासो गर्नुभयो किसानलाई कृषि कार्यालयले अनुदानको नाममा ठग्दै आएको ”, उहाँले भन्नुभयो, “पहिला कृषि कार्यालयले अनुदानमा ठग्यो, अहिले सुन्तला जोनले अनुदानका नाममा ठग्यो, रु लाख अनुदानमाजम्मा रु १३ हजार दियो, समूहले फर्काइदियौँ

नेटहाउस निर्माणमा प्राविधिकले कमजोरी गरेका कारण केही समस्या भएको प्रधानमन्त्री आधुनिकीकरण परियोजना सुन्तला एकाइसुन्तला जोन म्याग्दीका प्रमुख सुधीर थापाले बताउनुभयो प्राविधिक किसानले समयमै सामग्री ल्याउन नसकेको यथार्थ हो, सुन्तलाजोन सञ्चालक समितिले पनि अनुगमन नगर्दा समस्या भयो”, उहाँले भन्नुभयो, “गत वर्षको योजना हो, अहिले प्राविधिक सरुवा भएरगइसके, कोरोनाका कारण हामीले असार १५ सम्म काम सक्ने भनेका थियौँ, त्यतिबेलासम्म गरेको कामको मुल्याङ्कनका आधारमामात्रै भुक्तानी दिएको हो

सञ्चालक समितिलाई सबै अधिकार दिँदा अनुदान वितरणमा समस्या भएका कारण  यस वर्षदेखि  सञ्चालक समितिको अधिकारघटाएको प्रमुख थापाको भनाइ दुवै पक्षको त्रुटि हुनसक्ने जनाउँदै गत आवको कुरा अहिले पूरा गर्न सम्भव नभएको जिकिर गर्नुभयो सञ्चालक समितिले सिफारिस मात्रै गर्ने   अनुगमनपछि मात्रै भुक्तानी दिने गरी परिपत्र आएको उहाँले बताउनुभयो

Comments
sp sp

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago